काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु

साझासवाल
1 Min Read

फागुन ५, काठमाडौँ । काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ।

आज बिहान करिब ६ बजेतिर बसले किच्दा दुईजनाको मृत्यु भएको बालाजु प्रहरी वित्त प्रमुख डिएसपी गौतम मिश्रले जानकारी दिए।  मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी करिब ५० वर्षीया महिला छन्।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो। ठक्करपछि मिनिबससहित चालक फरार भएको छन्। बसको नम्बर खुल्न सकेको छैन। घटनाबारे महानगरीय प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ।

यस्तै महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। महोत्तरीकै गौशाला नगरपालिका ११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो।

गौशालाबाट रामनगरतर्फ जादै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

Share This Article
Leave a Comment

Leave a Reply