2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सशस्त्र द्वन्द्व पीडितलाई न्याय दिन सरकारले सकेन’

चैत १५, काठमाडौं ।  एम्नेस्टी इन्टरनेसनलले नेपालमा दश वर्ष चलेको सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिलाउन सरकारले नसकोको आरोप लगाएको छ । 

एम्नेस्टीले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१/२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा पीडितहरुको उजुरीमाथि छानबिन गरी छिनोफाने गर्न समेत समेत सरकार चुकेको उल्लेख छ । 

‘१९९६ देखि २००६ सम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा भएका अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराध र अन्य जघन्य मानवअधिकार उल्लंघनका हजारौं पीडितहरुलाई सत्य, न्याय र परिपूरण प्रदान गर्न सरकारको असफलता जारी रह्यो,’ एम्नेस्टीले प्रतिवेदनमा भनेको छ । 

पीडितहरुबाट ६० हजारभन्दा बढी उजुरी संकलन गरिसक्दा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले एउटा उजुरीको पनि छिनोफानो गर्न नसकेको एम्नेस्टीले जनाएको छ । 

सर्वोच्च अदालतले सन् २०१४ र २०१५ मा जारी गरेको आदेशवमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र मापदण्डअनुरुप संशोधन सरकारले नगरेकोप्रति एम्नेस्टी असन्तुस्टी जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक