2026-09-03 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

तीन स्रोतव्यक्तिको भरमा डोल्पाका आठ स्थानीय तह

मङ्सिर १२, दुनै | दुर्गम जिल्ला डोल्पाका स्थानीय तहका शिक्षाफाँट स्रोतव्यक्तिका भरमा चल्दै आएका छन् । 

जिल्लाका आठवटै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएपछि तीनजना स्रोतव्यक्तिका भरमा शिक्षाफाँट चल्दै आएका हुन् । 

त्रिपुरा सुन्दरी, ठूलीभेरी नगरापालिका, काइके, डोल्पो बुद्ध, शेफोक्सुन्डो, छार्काताङसोङ, जगदुल्ला, मुड्केचुला गाउँपालिका तीनजना स्रोतव्यक्तिको भरमा चल्दै आएका छन् । 

कर्मचारीको नाममा तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा एकजना प्राविधिक सहायक कार्यरत छन् । विद्यालय निरीक्षकको पदपूर्ति भने भएको छैन । 

प्रत्येक स्थानीय तहमा एक जना विद्यालय निरीक्षक र प्राविधिक सहायकको दरबन्दी अनिवार्य भए पनि अझै पदपूर्ति हुन सकेको छैन । 

जनतालाई प्रत्यक्षरुपमा सरकारको प्रत्याभूति दिलाउन गठन गरिएका स्थानीय तहमा कर्मचारी अभाव भएपछि शिक्षासम्बन्धी कामकाज गर्न निकै समस्या भएको छ । 

“सम्बन्धित फाँटवाला कर्मचारी नहुँदा शिक्षाका कामकाज गर्न समस्या हुनुका साथै एकजना स्रोतव्यक्तिले नगरको शिक्षाफाँट धान्नुपर्ने बाध्यता छ”, त्रिपुरा सुन्दरी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नेत्रराज गिरीले भन्नुभयो । 

शिक्षाफाँटमा कर्मचारी अभाव हुँदा, शिक्षा योजना निर्माण, विद्यालय निरीक्षण, जिल्लास्तरीय परीक्षा सञ्चालनजस्ता थुप्रै कामकाज गर्न ठूलो समस्या भएको उहाँको भनाइ छ । 

स्थानीय तहमा विद्यालय निरीक्षक र प्राविधिक सहायकको पदपूर्ति नहुँदा सम्पुर्ण कामकाज एक्लै धान्नुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिका स्रोतव्यक्ति भीम धरलाले जानकारी दिनुभयो । एकले दुईदेखि तीनवटासम्म स्थानीय तह धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसक्दासमेत कर्मचारी नपठाइएपछि जिल्लाका प्रत्येक स्थानीय तहले चित्तबुझ्दो तरीकाले काम गर्न नपाएको जिल्ला प्रशासन शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

“प्रायःसबै स्थानीय तह विद्यालय निरीक्षक र प्राविधिक सहायकविहीन छन्, मुड्केचुला गाउँपालिकामा एकजना प्राविधिक सहायकबाहेक सबै स्थानीय तहमा कर्मचारी पदपूर्तिको अवस्था शून्य छ”, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिंहराज डाँगीले भन्नुभयो । 

यसपटक कर्मचारी नहुँदा पुस पहिलो सातासम्म सम्पन्न गर्नुपर्ने आधारभूत तह (१–८) र माध्यामिक तह (९–१०) को परीक्षा सञ्चालन गर्न समस्या भएको डाँगीले बताउनुभयो । 

सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्दै विद्यालयका प्रधानाध्यापकहरुको भेला राखेर जिल्लास्तरीय परीक्षा सञ्चालनको जिम्मा दिइएको समन्वय एकाइको भनाइ छ । 

कर्मचारी अभावमा विद्यालय निरीक्षकले गर्नुपर्ने परीक्षा सञ्चालनदेखि निरीक्षणसम्म स्थानीय तहमा कार्यरत खरिदारदेखि नायब सुब्बाले गर्नुपर्ने बाध्यता रहेको स्थानीय तहले जनाएका छन् । 

अधिकार सम्पन्न स्थानीय सरकारको नियमित कामकाज कर्मचारी अभावका कारण अन्योलमा पर्दै आएको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । 

जिल्लास्तरीय परीक्षा चलाउने जिम्मेवारी स्थानीय तहकै भए पनि कर्मचारी नहुँदा यसको व्यवस्थापन गर्न समस्या भएको शाहीको भनाइ छ । 

सम्बन्धित फाँटवाला कर्मचारीको अभावमा जेनतेन चलाइएको कामकाज प्रभावकारी नहुनुका साथै दीर्घकालीन प्रतिफलसमेत नआउने सरोकारवालाको भनाइ छ । 

स्थानीय तहमा शिक्षासम्बन्धी हुने कामकाजलाई प्रभावकारी बनाउन सरकारले यथाशीघ्र कर्मचारी पठाउनुपर्ने डोल्पाका स्थानीय तहको माग छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही