Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भैँसीमा भ्यागुते रोग देखियो, सत्र भैँसी मरे

२०७५, ११ फाल्गुन शनिबार १५:२७

लमही, ११ फागुन (रासस) : दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् । 

गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार  भैंसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् । त्यहाँका भैँसीमा र्याल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले बताउनुभयो । 

एक हप्तादेखि भ्यागुते रोगले गर्दा भैँसी मरे पनि किसानले स्वास्थ्य शाखालाई जानकारी नगराउँदा रोग झनै फैलिएको प्रमुख रेग्मीको भनाइ छ । “एक हप्ताअघि देखि यो रोगले भैँसीहरु मर्ने गरेका रहेछन्,” उहाँले भन्नुभयो, “तर किसानले रोग लागेको भनी कुनै जानकारी नगराउँदा यसरी धेरै पशुहरु मरे ।” अहिले ११ वटा भैंसीलाई उपचार गराइरहेको समेत उहाँले बताउनुभयो । 

उक्त रोग नियन्त्रण गर्नका लागि प्राविधिक टोलीसमेत खटिएको भन्दै छिट्टै नियन्त्रणमा आउने प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार मौसम परिवर्तनसँगै भैँसी तथा गाईमा यस्तो रोग देखापर्छ । “प्राय : मौसम परिवर्तनसँगै फागुन, चैत, साउन, भदौतिर पशुहरुमा यस्तो रोग देखिन्छ,” उहाँले भन्नुभयो । 

यस्तो रोग लागेका पशुलाई अन्य पशुसँग सँगै राख्दा सर्ने भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्न किसानलाई सुझाव दिएको पनि बताउनुभयो । प्रायः त्यस क्षेत्रमा बढी भँैसीपालन हुने गरेको र सँगै चराउन लैजाने गर्ने भएकाले यस्तो रोग महामारीका रुपमा फैलिएको प्रमुख रेग्मीले बताउनुभयो । यो रोग ‘ब्याक्टोरिया’ बाट सर्ने भएकाले फैलिन नदिन रोगले सङ्क्रमण नगरेका भैँसीहरुलाई समेत ‘भ्याक्सिन’ लगाउने कार्य भइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार अबको एक÷दुई दिनमा यो रोग नियन्त्रणमा आउँछ । यसका लागि किसानलाई पनि सङ्क्रमित पशुलाई लसपस नगराउन, भैँसी राख्ने ‘खोर’ सरसफाइ गर्न सुझाव दिने गरेको उहाँको भनाइ छ । “सङ्क्रमित पशुहरुलाई अन्य पशुसँग लसपस गराउनु हुँदैन”, उहाँले भन्नुभयो, “भैँसी तथा गाई राख्ने ठाउँपनि सुरक्षित हुनुपर्छ ।” 

आफूले पालेका भैसीहरु मर्न थालेपछि किसान भने चिन्तित बनेका छन् । प्राय : भैँसीपालन गर्ने गरेका त्यस क्षेत्रका किसान भैंसी मर्न थालेपछि दैनिकी समेत प्रभावित हुने गरेको छ । आसपासका किसान पनि रोग पशुमा रोग सर्ने त्रासमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ