By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    16 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    17 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    17 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    17 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एक तिहाइ विमानको रात्रि बास काठमाडौँमा, बाँकी कहाँ बस्लान्?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एक तिहाइ विमानको रात्रि बास काठमाडौँमा, बाँकी कहाँ बस्लान्?
काठमाडौँ - KTMसमाज

एक तिहाइ विमानको रात्रि बास काठमाडौँमा, बाँकी कहाँ बस्लान्?

साझासवाल
Last updated: June 23, 2022 8:48 am
साझासवाल
5 Min Read
Share

असार ९, काठमाडौँ  | नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आन्तरिक उडानतर्फका जम्मा एक तिहाइ विमानहरूलाई मात्रै पार्किङ गर्ने सहमति भएको बताएका छन्।

यसअघि विभिन्न वायुसेवाका विमान र हेलिकोप्टरहरूलाई काठमाडौँ  बाहिर रात्रि बास बसेर पहिलो उडान त्यहीँबाट भर्न प्राधिकरणले निर्देशन दिएको थियो।

तर आफूहरूसँग छलफल नगरी त्यस्तो निर्णय गरिएको भन्दै सबै उडान अवरुद्ध पार्ने चेतावनी दिएका वायुसेवा सञ्चालकहरू बुधवार राति भने पछि हटेका थिए।

सरकारी अधिकारीहरूले राजधानीबाहिरका विमानस्थलमा आवश्यक पूर्वाधार तयार गरेर मात्रै उक्त निर्णय लिइएको बताएका छन्।

बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान - Suryodaya Online

के सहमति भयो

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमान र हेलिकोप्टरहरूले रात्रिकालीन समयमा विभिन्न विमानस्थलमा बास बस्नुपर्ने भनेर विगतमा गरिएको निर्णय कार्यान्वयन गर्न वायुसेवा सञ्चालकहरू सहमत भएको बताए।

दुवै पक्षबीच बुधवार भएको छलफलमा प्राधिकरणले दिएको निर्देशन कार्यान्वयन गरेर अघि बढ्ने सहमति भएको उनले बताए। वायुसेवा सञ्चालकहरूले सरकारको निर्णय मान्ने बताएका छन्

उनी भन्छन्, “हेलिकोप्टरको निर्णय मङ्गलवारबाट नै कार्यान्वयन भइसकेको छ। ठूला जहाजहरूको हकमा १३ गतेबाट लागु हुन्छ।”

प्राधिकरणले काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा विमान र २१ वटा हेलिकोप्टर पार्किङको क्षमता रहेको जनाएको छ।

प्रवक्ता निरौला भन्छन्, “मापदण्ड अनुसार राख्दा उनीहरू सजिलो गरी अट्छन् र चाहेको बेला निस्कन सक्छन्। अहिले हेलिकोप्टर ३८ वटा छन् र जहाज जम्मा ५२ वटा छन्। त्यही भएर भिडभाड भो तपाईँहरू आफ्नो आधार भएको ठाउँमा जानुस् भनेर हामीले भनेका हौँ।”

विगतमा विमान कम्पनीहरूले जहाज र हेलिकोप्टरको उडान अनुमति लिँदा नै त्यस्तो सहमति गरेको भन्दै उनले काठमाण्डू बाहिरका विमानस्थलमा राखिने विमान र हेलिकोप्टरको सङ्ख्या निर्धारण गरिएको जनाए।

उनी भन्छन्, “कुन कम्पनीको कतिवटा जहाज छ त्यसको ३३ प्रतिशतले काठमाण्डूमा बस्न पाउने भयो। बाँकीले बाहिरका विमानस्थलहरूमा राति जाने गरी हामीले सङ्ख्या वितरण गरेका छौँ।”

अब के हुन्छ?

वायुसेवा सञ्चालक सङ्घका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणको निर्णयमा आफूहरूको विमति नरहेको जनाउँदै ‘समान ढङ्गले’ सङ्ख्या वितरण गर्न आफूहरूले सुझाव दिएको बताए।

उनी भन्छन्, “कुनै कम्पनीले जहाज ल्याउँदा पहिला नै कुन आधार क्षेत्रबाट उडाउने भनेर स्वीकृति लिएको हुन्छ। त्यस बेला कसले कहाँ लिए भन्ने कुरालाई गौण राखेर जसको जति वायुयान छन् त्यसको एक तिहाइ काठमाण्डूमा बस्ने र बाँकीलाई अन्यत्र लैजाने भनेर एउटा सूत्र निर्धारण गरेका छौँ। त्यसमा सबैको सहमति छ।”

प्राधिकरणका प्रवक्ताले काठमाण्डूमा रहने १७ वटा बाहेकका विमानहरू चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा राखिने बताए।

हेलिकोप्टरहरू भने रामेछाप, लुक्ला, पोखरा र नेपालगन्जमा बास बस्न र त्यहीँबाट पहिलो उडान भर्न भनिएको छ।

निरौला भन्छन्, “हाम्रो तर्फबाट त्यहाँ गर्नुपर्ने सबै व्यवस्थाहरू गरिसकेर यो निर्णय गरेका छौँ।”

नागरिक उड्डयन कार्यालय विराटनगरका निमित्त प्रमुख युबल बरालले त्यसरी विभिन्न विमान र हेलिकोप्टरहरूलाई राति बास दिन कुनै समस्या नरहेको बताए।

उनी भन्छन्, “यहाँ जम्मा ६ वटा जहाज अट्छ। विगतमा ठूलो पानी पर्दा वा कुनै प्राविधिक समस्या हुँदा रातको समयमा विमानहरू बसेका नै हुन्। सुरक्षा दिनका लागि आवश्यक बत्ती र अरू पूर्वाधारहरू तयार छन्।”

कार्यान्वयनमा कस्ता चुनौती छन्

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताका अनुसार काठमाण्डू बाहिर बास बस्ने निर्णय कार्यान्वयन गर्दा वायुसेवा कम्पनीहरूले कर्मचारी र केही पूर्वाधार आफूलाई तोकिएका ठाउँमा राख्नुपर्ने हुनसक्ने बताए।

त्यस्ता संरचना खडा गर्न आफूहरूलाई केही समय लाग्ने वायुसेवा सञ्चालक सङ्घका महासचिव कार्की बताउँछन्।

उनले भने, “हाम्रा धेरै विमान बाहिर हुने बित्तिकै मर्मत सम्भारका लागि कम्पनीहरूले त्यही किसिमको पूर्वाधारहरूको व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसका लागि जनशक्ति, सामग्री र ह्याङ्गरको कुराहरू हुन्छ। त्यो आधार क्षेत्रमा नै गर्नुपर्छ। अहिले हामीले भनेको चाहिँ तत्कालै अरू ठाउँमा हामीले आधार बनाउनसक्ने अवस्था छैन। राति बास बसाउने भन्ने बित्तिकै अब हामीले चालक दलका सदस्यहरूलाई कहाँ राख्ने भन्ने पनि कुरा हुन्छ। अब हामीले नागरिक उड्डयनले दिएको १३ गतेको समयसीमा भित्र गर्न सक्छौँ जस्तो लाग्छ।”

उनले मर्मत सम्भारको बन्दोबस्त गर्न केही समय लाग्नसक्ने आफूलाई लागेको भन्दै त्यस्तो अवस्थामा प्राधिकरणले विमानलाई काठमाण्डू ल्याउन दिने अपेक्षा आफूहरूले गरेको बताए।

पछिल्लो कदमलाई कतिपयले नेपाली हवाई सेवाको विकेन्द्रीकरणका रूपमा पनि अर्थ्याइरहेका छन्।

महासचिव कार्की अहिले पनि धेरै उडानहरू काठमाण्डूमै केन्द्रित रहेको भएपनि क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा रहेको र त्यसले सेवालाई विस्तार गरिरहेको उल्लेख गरे।

उनले काठमाडौँ  बाहिर बास बस्दा हेलिकोप्टरहरू भने कतिपय अवस्थामा रित्तै राजधानी आउनुपर्ने अवस्था आउनसक्ने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा आँकडाका अनुसार मङ्गलवार एक दिनमा काठमाडौँ  भित्रने र यहाँबाट बाहिरिने आन्तरिक उडानहरूको सङ्ख्या २४३ रहेको थियो। विमानस्थलको प्रयोग गरी यात्रा गर्नेको कूल सङ्ख्या १३ हजार ४ सय ५ रहेको थियो। बिबिसिबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
Next Article महासागरमा माइक्रोप्लास्टिक्स ‘खुवाउन’ वैज्ञानिकले विकसित गरे रोबोट–माछा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

यस्तो छ आजको सुनको मुल्य

57 years ago
काठमाडौँ - KTMसमाज

इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्तामा बस्छ :राष्ट्रपति रौहानी

57 years ago

नेपाली भुमि लिपुलेकमा भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग

57 years ago
बाजुरा - BJRसमाज

रोगबाट मुक्त हुन धर्म परिवर्तन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?