गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षी"/>
2026-09-14 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

रोगबाट मुक्त हुन धर्म परिवर्तन

चैत ७, मार्तडी | बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् । 

जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु विस्तारै अपाङ्गता भएका हुन् । गिरीका तीनटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहँुदै अपाङ्गता भएका छन् । उनीहरुको आमा अमिनीले भन्नुभयो, “जेठो छोरा १२ वर्षको उमेरमा, माइलो १४ वर्षको र कान्छी छोरी १४ वर्षको उमेरबाट हातखुट्टा नचल्ने, हिँड्न नसक्ने, लुलो हुने, बोल्न नसक्ने र कम सुन्ने रोगको शिकार भएका हुन् ।” 

अहिले उनको तिनटै छोराछोरी हातखुट्टाले मात्र ख्रिसेर हिँड्ने गरेका छन् । शौचालयमा जाँदा पनि एकजनाले सहयोग गर्नुपरेको छ । उहाँका छोरा दीर्घ ७ कक्षा, धर्मराज ६ कक्षा र छोरी सम्झना १० कक्षा पास भएका छन् । अपाङ्गता नहुँदासम्म विद्यालयमा गएर पढे, पछि विस्तारै हातखुट्टा नचल्ने र लुलो हँुदै शारीरिकरुपमा अपाङ्ग भइसकेपछि सबैले विद्यालय छोडेको सम्झनाले बताउनुभयो । 

छोराछोरी अपाङ्गता भएपछि उपचार गर्नका लागि सबै जग्गा बिक्रीसमेत गर्यौं, तर पनि उनीहरु ठीक नभएको बुबा भक्त गिरीको भनाइ छ । उहाँले भन्नुभयो, “कहाँ उपचार गराउँदा ठीक हुन्छ, कुनै जानकारी पनि भएन, जस्ले जहाँ लेउ भन्यो, उतै लियौँ, ठीक पनि भएन अब उपचार गर्ने आर्थिक हैसियत नै छैन ।” 

“छोराछोरीलाई ठीक होला भनेर धर्म कर्ममा पनि लाग्यौँ, तर कतै ठीक भएनन्”, उहाँले भन्नुभयो, “कसैले हिन्दू धर्म परिर्वतन गरेर क्रिश्चियन धर्म माने ठीक हुन्छ भन्यो, एक वर्षसम्म त क्रिश्चियन धर्मसमेत मानेको छर तर छोराछोरीको रोग निको हुन सकेको छैन् ।” 

“क्रिश्चियन धर्मका पादरी लालबहादुर पुनले हप्ताको एकपटक कोल्टीस्थित चर्चमा बोलाउनुहुन्छ । चर्चमा आएवापत पैसा माग्यो, ठीक हुन्छ भन्यो, त्यसैको आशमा प्रत्येक हप्ता छोरीछोरी बोकेर चर्चमा पुर्याउने गरेका थिए तर चर्चमा पुर्याउँदा पनि ठीक नभएपछि अहिले पुनः हिन्दू धर्मतिर फर्केको छु”, भक्त गिरीले भन्नुभयो । 

उहाँले भन्नुभयो, “एकातिर धर्म परिर्वतन गर्यों अर्को धर्म परिर्वतन गरेका कारण गाउँमा सम्बन्धसमेत बिग्रियो, न छोराछोरीलाई ठीक भयो न गाउँको सम्बन्ध राम्रो बन्यो ।” 

स्थानीय लक्ष्मण जोशीले भक्त गिरीका तीनवटै छोराछोरी पढाइमा पनि राम्रै थिए । विस्तारै हुर्कंदै गर्दा अपाङ्गता भएपछि जिन्दगी नै अन्धकारमय भएको बताउनुभयो । 

धनगढी महेन्द्रनगरस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पटक÷पटक लगे तर त्यहाँ ठीक हुन सकेन । “आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको उपचार हुन सकेन् । उपचार गराउँदा गराउँदा गिरीको सबै सम्पत्ति सिद्धिसक्यो, न उपचार भयो न त सम्पत्ति नै छ”, जोशीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले