साउन २१, लमजुङ | जिल्ला अस्पताल लमजुङका कर्मचारीहरूले अस्पतालमा कार्यरत सबै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)सँगको सम्झौता तोड्ने निर्णयसहितको पत्र पठाएपछि कर्मचारीले रोजगारीको सुनिश्चिताका लागि माग गरेका हुन् ।

कर्मचारीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरामा मुख्यमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखरामा स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै रोजगारी सुनिश्चितताको माग गरेका हुन् ।

गण्डकी प्रदेश सरकार र मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)बीच सम्झौता भएर सञ्चालन भइरहेकोमा गण्डकी प्रदेश सरकारले अस्पताल सञ्चालन अवधि हुँदाहुँदै एक पक्षीय ढंगले सम्झौता भंग गर्ने परिपत्र गरेको उनीहरूको भनाइ छ । परिपत्रले अस्पताल सञ्चालन गर्दै आएको संस्था र कार्यरत कर्मचारीहरूलाई आत्मबल गिराउने गरी कदम चालेकोप्रति गम्भीर ध्यानाकार्षण भएको कर्मचारीहरूले बताएका छन् ।

इमरजन्सी, ओपडी इन्चार्ज गणेश गुरुङका अनुसार सम्पूर्ण कर्मचारीको तर्फबाट प्रजिअलाई ज्ञापन पत्र बुझाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश सरकारको १८ साउनमा अस्पताल सञ्चालन सम्झौता भंग गर्न प्रस्ताव (सूचना) निकालेको छ । अस्पताल सञ्चालनका लागि नेपाल सरकार र गण्डकी प्रदेश सरकार, मानव विकास सामुदायिक सेवाबीच पाँच वर्षका लागि २७ कार्तिक २०७७ मा सम्झौता भएको थियो ।

Related News