भारतीयलाई लुटेको आरोपमा बसपार्कबाट ३ जना डान्सबार संचालक पक्राउ

साझासवाल

<p><b>भदौ १, काठमाडौँ | </b>काठमाडौँको नयाँ बसपार्कमा रहेको डान्सबारमा भारतिय नागरिकलाई लुटेको आरोपमा प्रहरीले दुईजना महिला र एकजना पुरुष गरी ३ जनालाई पक्राउ गरेको छ ।<br></p><p>ठमेलबाट भारतिय नागरिकलाई ‘सस्तोमा होटल मिलाउँछौं’ भन्दै&nbsp; ल्याएर गएराती डान्सबारमा लगेपछि लुटेको आरोप छ । लुटिने ५ जना भारतिय नागरिक मध्ये केही सरकारी कर्मचारीहरु छन् ।&nbsp;</p><p>पीडितबाट जाहेरी लिएर लुटमा संलग्नहरूलाई मुद्दा चलाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । एसएसपी बोहराले भने–‘अनुसन्धान हुँदै छ कानुन बमोजिम हुन्छ ।’&nbsp; आरोपीहरुलाई अहिले प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।</p>

Leave a Comment

Leave a Reply