असोज २८, काठमाडौं | काठमाडौं महानगरपालिका–१६ म्हेपी डेरा गरी बस्ने हरिमाया श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गहना चोरी भएको छ ।

उनको कोठाबाट करिब १३ लाख ६४ हजार ६५० रूपैयाँ मूल्य बराबरको गरगहना बिहीबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।

कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरू पछाडीको झ्यालबाट कोठाभित्र पसेर दराज फोडेर गरगहना चोरी लगेको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।