2026-09-22 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

असोज २८, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो ।

सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट तीन पुरुष र तीन महिलाले प्रतियोगितामा सहभागिता जनाएका छन् । ६ स्पर्धाको खेल हुने खेलमा  १८ पदकको टुंगाे लाग्नेछ । जसमा  क्लासिकल, रेपिड र ब्लीट्ज स्पर्धाका खेलहरू सञ्चालन हुने छन् ।

गोरखा क्याम्पसमा बिहीबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता २ कात्तिकसम्म सञ्चालन हुने छ । पहिलो दिन भएको क्लासिकल तर्फको खेलमा प्राय: शीर्ष खेलाडीहरूले जित हात पारे । 

खुलातर्फ फिडे मास्टर रूपेश जयसवाल र क्षितिज भण्डारीले जित हात पारे । पहिलोतर्फ पनि डब्लु एफएम सुजना लोहनीले जित हात पारे । रूपेशले लेखबहादुर थापा तथा क्षितिजले विश्वविजय घिमिरेलाई हराए । यसैगरी सुजनाले मार्सल तामाङलाई हराइन् । प्रतियोगिताको बलियो खेलाडी मानिएका आर्मीका मिलन लामा प्रदेश-२ का मनोज विकेसँग बराबरीमा रोकिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो