‘बालेन साह होस गर’ भन्दै थापाथलीमा घरेलु हतियारसहित प्रदर्शन

साझासवाल
1 Min Read

मङ्सिर १२, काठमाडौँ । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलुहतियार सहित प्रदर्शन गरेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले काठमाडौं महानगरमा मेयर बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका छन्। टायर बालेर उनीहरुले मेयर बालेनको विरुद्ध नारा लगाउनुका साथै लालपूर्जा र नागरिकता तुरुन्त दिनसमेत माग गरेका छन्। उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

‘बालेन साह होस गर’, ‘हामीलाई नागरिकता दे’, ‘हामीलाई लालपूर्जा दे’ डोजर लाउन पाइदैन, गरिब मार्न पाइदैन,’ जस्ता नारा लगाउँदै उनीहरुले विरोध गरेका हुन्। झडप हुने सम्भावना बढेपछि बाक्लो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो । तर निर्देशन अटेर गरेपछि महानगरको टोली डोजर लिएर सुकुम्बासी बस्ती पुगेको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply