By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    59 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विकासका योजना गाउँमा, मान्छे सहरमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विकासका योजना गाउँमा, मान्छे सहरमा
काठमाडौँ - KTMसमाज

विकासका योजना गाउँमा, मान्छे सहरमा

साझासवाल
Last updated: February 3, 2023 8:02 am
साझासवाल
6 Min Read
Share

माघ २०, अर्घाखाँची | लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका गाउँगाउँमा विकास पुग्दै छ । साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै  वडामा मोटरबाटो पुग्नाका साथै अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ । 

सबै वडामा स्वास्थ्य चौकी, घरघरमा खानेपानीका धारा, टेलिफोन टावर र गाउँगाउँमा विद्यालय बने पनि मानिसहरु भने धमाधम बसाइँ सर्दै छन् । 

गाउँका अधिकांश घर खाली रहेका र मानिस भएका घरमा पनि १६ देखि ५० वर्षसम्मका मानिस भने फाटफुट मात्र भेटिन्छन् । कोहीले बसाइँसराइको कागजपत्र बनाएर बसाइँ सरेका छन् भने कोही भने नबनाइकनै । 

विसं २०७७ वैशाखदेखि चैत मसान्तसम्ममा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाबाट आठ सय १८ घरपरिवार बसाइँ सरे । विसं २०७८मा अघिल्लो वर्षभन्दा झन्डै ६२ प्रतिशत बढी घरपरिवार बसाइँ सरे । विसं२०७९  वैशाखदेखि मङ्सिर मसान्तसम्म एक हजार छ सय दुई घरधुरीले बसाइँ सरिसके ।  

बसाइँ सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिका बनेको छ  । उक्त गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार विगत ३२ महिनामा यस गाउँपालिकाबाट एक हजार एक सय २४ घरपरिवार बसाइँ सरेका थिए । सोही अवधिमा अन्य ठाउँबाट एक सय ९० परिवार मालारानीमा बसाइँ आएका थिए । 

अन्य पालिकाको तुलनामा सन्धिखर्क नगरपालिकाबाट बसाइँसराइ गर्नेको सङ्या सबैभन्दा थोरै छ । त्यहाँबाट विगत ३२ महिनामा तीन सय ३० घरपरिवार बसाइँसराइ गरेर गएको नगरपालिकाको पञ्जीकरण शाखाका कर्मचारी शालिकराम नेपालीले बताउनुभयो । सो अवधिमा एक सय ७८ घरपरिवार अन्यत्रबाट बसाइँ आएका थिए । 

विगत ३२ महिनामा शीतगङ्गा नगरपालिकाबाट आठ सय ९७ घरपरिवार बाहिरिएका र दुई सय १५ घरपरिवार भित्रिएका नगरपालिकाका पञ्जीकरण शाखाका धर्म बन्जाडेले बताउनुभयो ।  भूमिकास्थान नगरपालिकाबाट तीन सय ४१ घरपरिवारका एक हजार तीन सय ७७ व्यक्ति बसाइँसराइ गरेर अन्यत्र गएको नगरपालिकाका कर्मचारी चिरन भुसालले जानकारी दिनुभयो ।  पाणिनी गाउँपालिकाबाट चार सय ३६ घरपरिवार बसाइँसराइ गरेर गएका र ४३ घरपरिवार अन्यत्रबाट बसाइसराइ गरेर आएको त्यहाँका कर्मचारी माधव घिमिरेको भनाइ थियो । 

यसैगरी छत्रदेव गाउँपालिकामा छ सय १६ घरपरिवार बसाइँ सरेर अन्यत्र गएको र ७० घरपरिवार भित्रिएको गाउँपालिकाले जनायो । 

राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाकोे कूल जनसङ्ख्या एक लाख ९७ हजार छ सय ३२ रहेकामा पुरुष ८६ हजार दुई सय ६६ र महिला एक लाख ११ हजार तीन सय ६६  थिए । विसं २०७८ सालको जनगणनामा जिल्लाको  जनसङ्ख्या घटेर एक लाख ७२ हजार पुगेको थियो । 

वर्ष बसाइँ सरी आउने बसाइँ सरी जाने 

२०७७ १०८ ८१८

२०७८ ३६० १,३२३

२०७९

मंसिर मसान्त सम्म २५७ १,६०२

 जम्मा ७२५ ३,७४३

स्थानीय, प्रदेश तथा सङ्घका सबै निर्वाचनमा राजनीतिक दलहरुले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि लागू हुन नसकेको गुनासो स्थानीय युवाहरुको थियो। निर्वाचनमा युवालाई गाउँमै स्वरोजगार बनाउने खालका राम्राराम्रा नारा दिए पनि युवाहरु अहिले रोजगारीका लागि सहरबजार तथा विदेशमा जान बाध्य छन् । 

अधिकांश मानिस शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराइ गर्ने गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सुपा देउराली, अर्घा भगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नर्सिहस्थान, सिद्धेश्वर शिवालयलगायत ठाउँमा पर्यटनको सम्भावना भए पनि प्रचारप्रसार र रोजगारी बढाउने योजना भने अझै बनेको छैन । 

जिल्लाका छवटै पालिकामा बसाइँसराइ कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदेबालीलगायतलाई प्राथमिकता दिनुपर्ने, विभिन्न आयआर्जनसँग सम्बन्धित व्यवसायलाई प्रोप्साहन दिनुपर्ने, स्थानीय प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गरिनुपर्ने  विकासका पूर्वाधार दिगो विकासको नीतिअनुरूप अघि बढाउनुपर्ने प्रस्ताव अघि बढाइएको थियो ।

बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँ गर्ने बढेका र बढ्दो सहरीकरण, सेवासुविधा उपलब्ध, सुरक्षालगायत कारणले आन्तरिक बसाइँसराइको मात्र बढ्दै गएको हो ।

अर्घाखाँची विप्रेषण आउने जिल्लामध्ये अग्रपङ्क्तिमा रहेपनि  प्राप्त रकम  उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा अन्यत्र श्रम बेच्ने मानिस उत्पादन गर्ने थलो बनेको स्थानीयवासीको गुनसो थियो । 

अर्घाखाँचीबाट झन्डै ४५ हजार युवा तथा युवती भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत मुलुकमा छन् । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्सको ८० प्रतिशत रकम विलाशिता र अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ ।  

युवा जनशक्तिलाई विदेश पठाएर आएको पैसाको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको नभएको र  स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यन्साको रकम बाहिरिने  गरेको हो ।

वार्षिक झन्डै साढे सात अर्ब रुपैयाँ अर्घाखाँची भित्रने गरेपनि  तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको स्थानीय सहकारी संस्थाको अनुमान छ । चालिस प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र (घडेरी र घरमा) खर्च हुने गरेको देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसालले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम र कपिलवस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडाँैमा घर घडेरी उक्त रकम  खर्च भएको छ ।  

बाँकी रहेको २० प्रतिशत रकम मात्र कृषि फार्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बसजस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहे पनि सम्बद्ध व्यावासायीले बीचैमा व्यवसाय छाड्ने गरेका पाइन्छ । गाउँका अधिकांश बारी तथा खेत बाँझै  छन् । सबै घरमा वृद्धवृद्धा मात्र छन् । अधिकांश श्रीमान्हरु रोजगारीका लागि विदेश र श्रीमतीहरु छोराछोरी पढाउन भनेर सहर झरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सन्दीप लामिछाने पनि सर्वोच्च अदालत जाने तयारीमा
Next Article सन्दीपलाई बन्द प्रशिक्षणमा राखेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

गृहमन्त्रीलाई पत्र दिएको विषयमा महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा, १० दिनसम्म बस्ने

2 years ago
काठमाडौँ - KTMमनोरञ्जन

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

57 years ago
काठमाडौँ - KTMसमाजसिन्धुपाल्चोक - SDP

नक्कली प्रहरी बनेर ठगी गर्ने सिन्धुपाल्चोककी एक महिला बालाजुबाट पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?