2026-09-21 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा, १० दिनसम्म बस्ने

काठमाडौँ | चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आइपुगेकी छन्। माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आएकी हुन्।

आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए। देवी प्रतिभाले आज दिउँसो ३ बजे भरतपुर महानगरपालिका-१ को ठिमुरा रिर्सोटमा प्रेस मिट आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम रहेको छ। यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भर रहेका नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विश्वकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन्।

देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा ईश्व्रकृष्ण महाराजजी, ओम प्रकाश गुरु यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ।

माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ। त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक