2026-09-21 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपलाई बन्द प्रशिक्षणमा राखेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना

माघ २०, काठमाडौँ | बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानविरुद्ध बाइकट क्यान (#BycottCAN) अभियान सुरु भएको छ। 

सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखिरहेका छन्।

ट्विटरमा भास्कर ज्ञवाली लेख्छन्, ‘नाबालिक बलात्कार आरोपीलाई जमानतमा छाड्ने अदालत, निलम्बन फुकुवा गर्ने क्रिकेट संघ, बन्द प्रशिक्षणमा बोलाउने चयन समिति, सँगै खेल्न तयार हुने खेलाडीहरू, र रमिते ‘म’ । हामी मानिस बन्न २-४ सय वर्ष बाँकी छ हो।’

कतिपयले क्यानलाई बहिष्कार गर्नु पर्ने भन्दै #BoyCottCAN अभियान समेत सुरू गरेका छन्।

‘सेलिब्रेटी देशको पहिचान हो, गहना हो। नारी, छोरी, सत्यस्वरूपा, दिदीबहिनी, आधा जगत हुन्, त्योभन्दा पनि पहिले आमा हुन्। आफ्नी आमासरह नारी, त्यसमा पनि नाबालिका बालात्कार गर्ने सेलिब्रेटी हुनै सक्दैन र त्यसको पक्षमा @CricketNep सती जानु हुँदैन। चाँडै सच्याओस्,’ सन्तोष ढकालले लेखेका छन्।

यस्तै सोमेश बर्माले नेपाली क्रिकेट टिममा परेका १९ खेलाडीलाई प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली क्रिकेट टिममा परेका १९ जना खेलाडीलाई प्रश्न: तपाईंहरूलाई अन्य देशसँग खेल्दा हामीले किन समर्थन गर्ने? (कि त तपाईंहरू बलात्कार आरोपी को पक्षमा हुनुपर्छ कि विरोधमा… बीचको बाटोको सुविधा छैन यो मुद्दामा!)’

सन्दीपलाई राष्ट्रिय टिममा बोलाएको विरोधमा शनिबार विरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ।

लेखक आन्विका गिरीले ट्विटरमा भोलि १ बजे माइतीघरमा क्यान बहिष्कारका लागि प्रदर्शन हुने बताएकी छन्। उनले लेखेकी छन्, ‘सरकार मौन। प्रतिपक्ष मौन। क्यान बलात्कार आरोपीको मतियार! जनता भन्दैछन्, खबरदार!  भोलि १ बजे माइतीघर। #boycottCAN’

हिमा बिष्टले लेखेकी छन्- हो! #CAN ले बलात्कार भनेको केही हैन भनेर हामी माथि हानेको थप्पड हो। यो थप्पडको उत्तर त #CAN को बोर्डले मात्र हैन, सरकारले पनि दिनै पर्छ #BoyCottCAN #RageAgainstRape भोलि १ बजे, माइतीघर मण्डल।

यता शुक्रबार सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

पुस २९ गते आरोपित लामिछानेलाई उच्च अदालत पाटनले शर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो। एक किशोरीमाथि बलात्कारको आरोप खेपिरेहका लामिछाने बिहीबार क्यानको बन्द प्रशिक्षणमा सहभागी भएका छन्। 

फागुन पहिलो साता घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि उनलाई बन्द प्रशिक्षणमा बोलाइएको हो। यसअघि मंगलबार पोखरामा भएको क्यानको बोर्ड बैठकले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो