2026-08-24 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछाने पनि सर्वोच्च अदालत जाने तयारीमा

माघ २०, काठमाडौँ | उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै सन्दीप सर्वोच्च जान लागेको उनका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

‘हो, हामी सर्वोच्च अदालत जाने तयारीमा छौं। उच्च अदालतले सन्दीपलाई धेरै धरौटी रकम लिएको र विदेश जानबाट रोकेको छ, खेल्न पाउने एक खेलाडीको हैसियतमा उसको अधिकार हो, त्यसैले हामी सर्वोच्च जान लागेका हौं,’ उनले भने।

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगिसकेको छ । सुनुवाइका लागि शुक्रबार पहिलो पेसी तोकिएको उक्त पुनरावेदन न्यायाधीश हरि फुयालको इजलासमा परेको छ ।

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालतले धरौटी तोकेको थियो । सर्वोच्च पुगेको महान्यायधिवक्ता कार्यालयको माग सन्दीपलाई थुनामै राख्नुपर्ने भन्नेछ । कानुन व्यवसायी घिमिरेले २० लाख रूपैयाँ धरौटी र विभिन्न शर्तहरू अन्यायपूर्ण भएको बताए ।

भदौमा गौशालाको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन