<p><img src="http://sajhasabal.com/uploads/posts/f0f5d77bcfa9e25cab642bd544ea14171494202673.jpg" style="width: 640px; float: left;">बिजय शर्मा दर्पण | बैशाख २५, स्विटजरल्याण्ड । फ्रान्समा भएको माउन्टेन रेसमा नेपाल की धाबीका मनीकला राई पहिलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रेस मनीकलाले २ घन्टा २५ मिनेट ४८ सेकन्डमा दुरी तय गरेकी छन् ।<br></p><p>फ्रान्सकी नागेद भिनल्यान्ड २ घन्टा २७ मिनेट २३ सेकेन्डमा दुरी तय गर्दै दोस्रो भइन् भने फ्रान्सकै लाउरा डेसमस २ घन्टा २९ मिनेट ३६ सेकेन्डमा दुरी तय गर्दै तेश्रोभएकी छन् । उक्त रेसमा लगभग २ सय खेलाडीको सहभागिता रहेको थियो । मनीकला स्की र अल्टीच्युड रेसमा उत्तिकै सक्रिय खेलाडी हुन ।</p>
