2026-10-10 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारकर्मी कमल श्रेष्ठको नयाँ गीत ‘लजालु रुप’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं । सांगीतिक यात्राको एक दशक लामो यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय सञ्चारकर्मी पनि रहेका श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘लजालु रुप’ आइतबार भाइब्स क्रिएसन मार्फत् सार्वजनिक गरिएको हो ।

आधुनीक गीत–संगीतमा राम्रै जमेका गायक श्रेष्ठले वैशाखको अन्तिमसम्ममा अर्को म्युजिक भिडियो पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् । कलाकारिता र पत्रकारिताको दैनिकीमा व्यस्त रहेका श्रेष्ठको आइतबार सार्वजनिक भएको गीतको शब्द रमेश दाहालको र संगीत डेनी निरौलाको रहेको छ । भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई विक्रम कार्कीले एरेन्ज गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा अहिलेको चर्चित मोडल लीला गीरी र लालबहादुर ढेंगाको अभिनय रहेको छ भने भिडियोको निर्देशन ह्यारी कट्टेलले गरेका छन् । अभिषेक माझीले छायांकन गरेको उक्त गीतको भिडियोलाई विश्व भण्डारीले सम्पादन गरेका हुन् ।

पूर्वेली लोकलयलाई पछ्याउँदै आधुनिक धारमा तयार भएको उक्त गीतले विशेषगरी तन्नेरी पुस्ताको ध्यान तान्ने र सवैको मन जित्नेमा गायक आशावादी रहेको बताउँछन् । 

दिनदिनै नयाँ–नयाँ गीतहरु सार्वजनिक हुने क्रममा ‘लजालु रुप’ गीत भने केही फरक स्वाद लिएर प्रस्तुत गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने