२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

२०७४, ४ मंसिर सोमबार ०८:२३

मंसिर ४, काठमाडौँ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । 

गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ । 

नेपालमा खेलकुद पर्यटनको विकास र प्रवद्र्धन, साहसिक जलयात्रा पर्यटनको विकास, जलयात्रा व्यवसायमा संलग्न रिभर गाइड तथा जलखेलाडीको सीप र दक्षता वृद्धि, सहासिक पर्यटन उद्योगको विकास, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने र सहासिक जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएकोे हो । 

“नेपालको पर्यटन उद्योगको प्रमुख स्रोतमध्ये साहसिक जलपर्यटन पनि एक हो, यसको विकास र विस्तारका लागि हामीले सन् २००२ देखि नेपालमा उक्त प्रतियोगिता आयोजना गर्दै आएका छौँ”, कोषाध्यक्ष खनालले भन्नुभयो । 

हाल भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्याण्ड र बेलायतलगायतका मुलुकमा नेपाली रिभर गाइडहरू क्रियाशील रहेको र उनीहरूले नै उक्त खेल पनि खेलाउने छन् । 

उक्त खेलमा ५०० जनाको सहभागिता रहने र प्रतियोगिताको चार वटै खेलमा क्रमशः प्रथमलाई रू एक लाख, दोस्रोलाई रू ५० हजार र तेस्रोलाई रू ३० हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी