२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगल र स्पेन अन्तिम १६ मा प्रवेश, समूह बिजेता को ?

२०७५, ११ असार सोमबार २०:२५

असार १२, काठमाडौँ | विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ को निकै रोमान्चक खेलमा पोर्चुगल र स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । 

इरानसँग १-१ गोलको बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ भने एकै समयमा भएको स्पेन र मोरक्कोको खेल पनि बराबरीमा रोकिएपछी स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ । खेल तालिका अनुसार ग्रुप 'बि' मा समान ५/५ अंक सहित पोर्चुगल र स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका हुन् । स्पेन अंक तालिकाको सबैभन्दा माथिल्लो स्थानमा छ । 

खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले इरानविरुद्ध पाएको पेनाल्टी मिस गरेका थिए, खेलको ५३ औं मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गर्दै टिमको अग्रता दोब्बर पार्ने मौका गुमाएका थिए ।


उता खेलको अन्तिमतिर पेनाल्टी क्षेत्रमा पोर्चुगलले फल गरेपछि इरानले पेनाल्टीलाई सदुपयोग गर्दै पोर्चुगलसँग बराबरी गर्यो । जसको कारण निकै संघर्षपूर्ण बनेको खेल बराबरीमा सकिएको थियो ।

यस अघि खेलमा मोर्डोभिया एरिनामा रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । 

उता विश्वकपको अर्को खेलमा स्पेन र मोरक्कोबीच निकै रोमान्चित खेल भयो । यस अघि २ खेलमा पराजित मोरक्कोले आज स्पेनलाई २-२ को बराबरीमा रोक्दै निकै आकर्षक प्रदर्शन गरेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी