Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृतविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ११, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृत सुरेशप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रु पच्चीस हजार घुस लिएको अभियोगमा आयोगले उहाँ विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रशासकीय अधिकृत दासमाथि गुणस्तरसम्बन्धी दश वर्ष पहिलेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस मागेको अभियोग लागेको छ । उहाँ विरुद्ध आयोगले जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।

यसैगरी आयोगले आजै ललितपुर महानगरपालिकामा कार्यरत खरिदार राजेन्द्र नेम्कूल विरुद्ध पनि रु ७० हजार घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नियममानुसार लाग्ने घर कर मिलाइदिने भन्दै सेवाग्रहीसँग घुस मागेको अभियोग खरिदार नेम्कूलमाथि लागेको छ ।