Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिसा लागेर पनि कोरिया उड्न नपाएको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ

२०८१, २२ पुष सोमबार १६:०४

काठमाडौँ | युवाहरूले दक्षिण कोरिया जान नपाएको भन्दै ललितपुर ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय घेराउ गरेका छन्। सोमबार उनीहरूले कार्यालय घेराउ गरेका हुन्।

भिसा लागेर पनि टिकट अभावमा कोरिया जान नपाएको तथा भाषा उत्तीर्ण गरेको लामो समय भइसक्दा पनि कोरिया जान नपाएको लगायत गुनासो लिएर उनीहरू इपिएस कार्यालय घेराउ गर्न पुगेका हुन्।

कार्यालय अगाडि भेटिएका इपिएस पासर प्रकाश शर्माले भिसा अवधि सकिन लागिसक्दा पनि टिकटको टुंगो नलागेकाले आफूहरू बाध्य भएर कार्यालयलाई घच्घच्याउन आएको बताए। ‘मैले २०२४ मा उत्पादनमूलक क्षेत्र तर्फ भाषा परीक्षा पास गरेको हुँ। २०२४ सेप्टेम्बरमा इस्यु भएर अक्टोबरमा सिसिबिआई आइसकेको छ। भिसा लागेको पनि तीन महिना बित्न लागिसक्यो तर टिकटको टुंगो लागेको छैन,’ उनले भने।

एक पटकमा २५ देखि ३० जनाको मात्रै टिकट भइरहेको भिसा अवधि सकिन लागेका १५ सयभन्दा बढी युवाहरू रहेको उनले बताए।

‘तीन महिनामा हामी जान सकिएन भने हाम्रो नाम रोस्टरबाट हट्छ। त्यसपछि एक वर्ष हामी कोरिया छिर्न पाउँदैनौं हाम्रो एक वर्ष बर्बाद हुन्छ,’ उनले भने।

इपिएस कार्यालयका शाखा अधिकृत कमलराज श्रेष्ठले भिसा लागेर पनि जान नपाउने समसस्या रहेको स्वीकार गरे।
‘भिसा लागेर पनि जान नपाउने समस्या विगतका दिनमा कम थियो। अहिले कोरिया जाने कामदार पठाउने एयरलाइन्सको पहिलाको टेन्डर सकिएको र नयाँ प्रक्रिया सुरू भएको कारणले गर्दा त्यसको प्रभाव परेको हो,’ उनले भने।

समस्या समाधानका लागि कार्यालयले पहल गरिरहेको पनि उनले बताए। शाखाअधिकृत श्रेष्ठका अनुसार १५ सयभन्दा बढी युवाहरू अहिले भिसा लागेर पनि उड्न पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ