2026-10-16 01:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रश्न गर्ने हक र हिम्मत कसैले खोसेर खोसिंदैन : गगन थापा

2026-07-13

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरूको प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन् । पार्टीको एक कार्यक्रममा सोमबार सम्बोधन गर्ने क्रममा उनले आफ्नो पूरानो घर रहेको रातोपुलमा समेत शंकास्पद तरिकाबाट गाडी राखिएको जानकारी गराउँदै यस्तो बताएका हुन् ।

सरकार आफैं प्रश्न गर्नेको मुख बन्द गर्न लागिरहेको बताउँदै यो अचम्मको विषय रहेको बताएका छन् ।‘सरकार आफैं प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्नका लागि ऊ आफैं ओर्लिएर आएको छ । यो चाहिँ सबैभन्दा अचम्मलाग्दो कुरा पनि हो । हामी सबैले ध्यान दिनुपर्ने कुरा पनि हो । पार्टीको तर्फबाट अहिले यति नै भन्छौं, यी सबै कुराहरू खेदजन्य छन्,’ सभापति थापाले भनेका छन् , ‘यी कुराहरूले सोसाइटी, कांग्रेस वा कसैको प्रश्न गर्ने कुराको हक कसैले खोस्न सक्छ, न हाम्रो हिम्मत कसैले खोस्न सक्छ । हाम्रो हक पनि कसैले खोसेर खोसिँदैन ।’

सभापति थापाले हिजो यस्तै कारणले पूराना दलहरूले गुमाएको स्मरण गर्दै अहिले पनि सोही प्रवृत्ति दोहोरिनु गम्भीर विषय रहेको जिकिर गरे ।‘हिजो यस्तो कारणले गुमायो भनियो, आज पनि गुमाएर गएका छन् । त्यो गहिरो विषय हो । चिन्तन गरौं, किन यस्तो भइरहेको छ । अझै नयाँ नयाँ घटनाहरू नघटुन् भनेर हाम्रो सामूहिक चिन्ताको विषय हुनुपर्छ,’ सभापति थापाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु