भदौ १७, वासिङ्टन (अमेरिका) | संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सहकार्यलाई थप शसक्त बनाउदै उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्ने निर्णय लिएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, वासिङ्टन (अमेरिका) | संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सहकार्यलाई थप शसक्त बनाउदै उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्ने निर्णय लिएका छन् ।&n"/>
2026-06-25 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियासँग सामना गर्न अमेरिका र दक्षिण कोरियाबीच अर्बौं डलरको अवधारणात्मक सहमति

भदौ १७, वासिङ्टन (अमेरिका) | संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सहकार्यलाई थप शसक्त बनाउदै उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्ने निर्णय लिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अर्बौं अमेरिकी डलर बराबरको ‘अवधारणात्मक सहमति’ समेत जनाएका छन् । 

गत मङ्गलबार उत्तर कोरियाले जापानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि प्रहार सामुद्रिक क्षेत्रमा भएकाले यसबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको थिएन । घटनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणको मोहले सैनिक कारबाहीको आवश्यकतालाई महशुस गराएको भन्दै ‘सवै विकल्प वार्ताका लागि टेबुलमा’ रहेको बताउनुभएको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली समकक्षी मुन जाए–इनलाई फोन गरी उत्तर कोरियाली ‘अस्थिर र उत्ताउलोे व्यवहार’ विरुद्ध समन्वय गरी अघि बढ्नुपर्नेतर्फ आग्रह गर्नुभएको, ह्वाइट हाउसले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ । 

ट्रम्प र मुनले उत्तर कोरियाविरुद्ध तीव्र कुटनैतिक तथा आर्थिक दवाव दिने र प्योङ्याङको हतियार मोहबाट उब्जिएको सुरक्षा खतरालाई सामना गर्ने विज्ञप्तिमा जनाइएको छ । दुई देशका नेताबीच सुरक्षा सहकार्यका लागि समन्वय गर्दै दक्षिण कोरियाली प्रतिरक्षा क्षमतालाई मजबुत पार्ने बिषयमा सहमति भएको थियो । 

विज्ञप्तिमा भनिएको छ, अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाले अमेरिकी सैनिक सामग्री किन्ने अर्बौ डलर बराबरको योजनाप्रति सहमतिसमेत जनाउनुभएको छ । 

अर्को एक फोनमा अमेरिकी राष्ट्रपति ट्रम्पले काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेवसँग कुरा गर्दै काजकिस्तानसँगको २५ बर्ष लामो कुटनैतिक सम्बन्ध र आफ्नो सरकारले अघि सारेको दक्षिण एसियाली रणनीतिका बिषयमा जानकारी गराउनुभएको बताइएको छ । 

ट्रम्पले काजकिस्तानले क्षेत्रिय र विश्वस्तरमा गरेको नेतृत्वदायी भूमिका र आउँदो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रमुखको चयनका लागि देखाएको भूमिकाको प्रशंसा गर्नुभयो । 

त्यसैगरी ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुवान म्यानुयल सान्तोससँग पनि फोनवार्ता गनुभएको छ । कुराकानीमा कोलम्बियाले गैरकानुनी औषधिको उत्पादन नियन्त्रणमा गरेको अत्यन्त्यै महत्वपूर्ण पहलको सह्राहना गर्नुभयो । रासस/PTI  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ