2026-09-12 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

एक पिकअप भ्यानसहित ठूलो परिमाणमा लत्ताकपडा बरामद


भदौ १७, धनुषा । जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखाँै मूल्य बराबरका लताकपडा पक्राउ गरेको छ । 

जनकपुरस्थित भन्सार कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको हो । 

कार्यालयका प्रमुख भन्सार अधिकृत हेमचन्द्र शर्माले विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारबाट बिहान ३ बजे भन्सार छली ल्याइएका रु १० लाख मूल्य बराबरका लत्ताकपडा पक्राउ गरेको बताउनुभयो । 

ज १ च १२७५ नम्बरको पिकअप भ्यानमा रहेको सो लताकपडा सिरहातर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो । सो पिकअपमा रहेका कपडा भारतीय नागरिकको रहेको अनुमान गरिएको छ । 

त्यसैगरी चोरीपैठारी गरी भित्र्यिाइएका पान मसाला, खाने तेल, चिनीलगायत कसमेटिक सामान जनकपुरलगायतका बजारमा खुलेयाम विक्री भइरहेका छन् । चोरीतस्करीबाट आउने यी सामानबाट भन्सार कार्यालयले भने वर्षेनी ठूलो रकम राजस्व गुमाउँदै आएको छ । 

प्रहरीको मिलोमतोमा नै यी सामानको चोरी तस्करी हुने गरेको यसमा संलग्न व्यवसायीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा