2026-06-29 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्य देश कोरोना भ्याक्सिनको कति नजिक ? २० भन्दा बढी भ्याक्सिन मानिसमा परीक्षण हुँदै

साउन २८, बिबिसीको सहयोगमा | रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले कोरोनाभाइरसको यस्तो भ्याक्सिन तयार गरेको दाबी गरेका छन् जुन कोरोनाभाइरसका लागि अत्यधिक प्रभावकारी छ । यो खोपलाई मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षा मापदण्डमा खरो उत्रिएको दाबी गरिएको छ ।

यो भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको छ । अब रुसमा धेरैभन्दा धेरै व्यक्तिलाई यो भ्याक्सिन दिन सुरु गरिने बताइएको छ ।

यद्यपि, रुसले जुन तीब्र गतिमा कोरोनाको भ्याक्सिन हासिल गरेको दाबी गरिरहेको छ त्यसले वैज्ञानिकको जगतमा चिन्ता निम्त्याएको छ ।

सयभन्दा बढी भ्याक्सिन सुरुवाती चरणमा छन् र २० भन्दा बढी भ्याक्सिन मानिसमाथि परीक्षण भइरहेको छ ।

अमेरिकामा ६ प्रकारको भ्याक्सिनमाथि काम भइरहेको छ र अमेरिकाका चर्चित कोरोनाभाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि वर्षको अन्तसम्म अमेरिकासँग एक सुरक्षित र प्रभावकारी भ्याक्सिन हुने बताएका छन् ।

ब्रिटेनले पनि कोरोनाभाइरस भ्याक्सिनको विषयमा चार सम्झौता गरेको छ ।

एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको १० करोड खुराक तयार गरिरहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा वैज्ञानिक काम गरिरहेका छन् र औषधी कम्पनी जिएसके र सनोफी पनि यसको उपचार खोजिरहेको छ ।

मंगलबार इन्डोनेशिया र मेक्सिकोले आफ्नो देशमा पनि कोरोना भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल चलिरहेको बताएका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ