कुकुरसँग खेल्दा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन घाइते

साझासवाल
1 Min Read

मङ्सिर १५, एजेन्सी | नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन चिप्लेर घाइते भएका छन् । आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ । शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएका थिए ।

‘प्रारम्भिक एक्स रेमा फ्र्याक्चर नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्र्याक्चर देखिएको थियो,’ डा. केभिन ओ’कोनरले आइतबार भने ।

यसअघि बाइडेनको अफिसले कुकुरसँग खेल्दा कुर्कुचा मर्किएपछि डाक्टरसँग जाँच गराउने बताएको थियो ।

आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

गत नोभेम्बर २० मा आफ्नो ७८ औँ जन्म दिन मनाएका बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बृद्ध राष्ट्रपति बन्न लागेका छन् ।

स्रोत : सीएनएन

Share This Article
Leave a Comment

Leave a Reply