२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो’ – हिलारीकी सहयोगी

२०७८, १० कार्तिक बुधबार ०८:०९

कातिक १०, न्युयोर्क | एजेन्सी | अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् । 

हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्येतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुव्र्यबहार गरेको बताएकी हुन् । 

सोफामा आफूसँग टाँसिएर सिनेटरले चुम्बन गर्न खोजेको र आफू घरबाट भागेको हुमाले आरोप लगाएकी छिन् । आफ्नो पुस्तक बोथ / एन्डः अ लाइफ इन मेनी वल्डसमा उनले यस्तो आरोप लगाएकी हुन् । सो पुस्तक अर्को साता प्रकाशन हुँदैछ । 

चिया खाने क्रममा सिनेटरले गरेको दुर्व्यवहारलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छिन्, ‘उसले मतर्फ तन्किएर मेरो काँधमाथि वायाँ हात राख्यो र चुम्बन गर्‍यो र मेरो मुखभित्र जिब्रो राखेर यौन दुर्व्यवहार गर्‍यो । 

Foto:UPI/Alamy/Profimedia

हुमा हिलारीकी नजिकको विश्वास पात्र हुन् । हुमालाई क्लिन्टनले एक पटक आफ्नो दोस्रो छोरी भनेकी थिइन् । क्लिन्टन सिनेटर हुँदा उनको कार्यबारे बर्णन गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको उनले उल्लेख गरेकी छिन् । 

४५ वर्षीया हुमाले दुव्र्यबहार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आबद्धताबारे केही खुलाएकी छैनन् । 

वासिंगटनमा आयोजित डिनरपछि आफू ती सिनेटरसँग बाहिर निस्किएर उनको घरमा पुगेको उनले उल्लेख गरेकी छिन् । त्यसपछि सिनेटरले गरेको चिया खाने प्रस्ताव उनले स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ