२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएसिया रोजगार नेपाल र बंगलादेशबाट स्थगित, यस्तो छ कारण

२०७८, १० कार्तिक बुधबार ०७:५९

अनिल अधिकारी | कात्तिक १०, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीको लागि क्रोएशिया जान चाहने युवाहरुको संख्या बढेसंगै अवैध क्रियाकलाप बढेको पाईएपछि क्रोएसिया रोजगारीनै प्रभावित भएको छ । भारतस्थित नेपाल र बंगलादेश समेत हेर्ने क्रोएसियाको दुतावासले नेपाल र बंगलादेशबाट दुतावास पुगेका कागजातहरुमा स्टाम्प गर्ने कार्य रोकिएको छ । 

दुतावास स्रोतबाट प्राप्त जानकारी अनुसार दुतावासमा नेपाल र बंगलादेशबाट क्रोएसिया रोजगारको लागि भन्दै अवैधानिक कागजातहरु पेश भएको बताइएको छ । नेपालबाट पुलिस रिपोर्ट र परराष्ट्रको प्रमाणीकरणको समेत नक्कली कागजात दुतावासमा रिपोर्ट भएका छन् । त्यसो त रोजगारदाताको वर्कपरमिटहरु समेत नक्कली हुने गरेका छन् । 

क्रोएसिया रोजगारको काममा सपोर्ट गर्दै आएका एक म्यानपावर व्यवसायीले बताए अनुसार नेपालबाट रोजगारको लागि जान प्रक्रिया सुरु गरेका युवाहरु आफैले क्रोएसियाको रोजगारदाताले दिएको भनिएको वर्क परमिट सहि छ वा गलत भन्नेबारे जानकारी लिन दुतावासलाई इमेल पठाउन सकिन्छ । जसलाई दुतावासके भेरिफाइ गरि १/२ दिनमै रिप्लाई पठाउने गरेको छ । पछिल्लो समय दुतावासको इमेलमा युवाहरुले कयौं वर्कपरमिट बारे जानकारी लिने गरेका छन् । त्यसरी जानकारी लिँदा दुतावासले क्रोएसिया रोजगारको लागि आउने कयौं वर्कपरमिटहरु फेक पाएको छ । 

क्रोएसिया रोजगारमा पठाउन सक्रिय एजेन्टहरुले युवाहरुसँग आर्थिक लेनदेन गर्नको लागि तथा ठगि गर्नको लागि फेक वर्क परमिट बनाई दिने र पैसा लिने गरेका छन् । जसलाई युवाहरुले भेरिफाई गर्ने क्रममा दुतावासमा सो को जानकारी लिने गरेका छन्, यस क्रममा पनि दुतावासले नेपाल र बंगलादेशमा क्रोएसिया रोजगारको नाममा ठगि तथा अवैधानिक काम बढेको नियमित रिपोर्ट पाईरहेको छ । 

पछिल्लो समय नेपालमा कोरोना महामारीको जोखिम घटेर वैदेशिक रोजगार चलायमान भएसंगै एजेन्टहरु सक्रिय हुँदा अवैधानिक कागजातका रिपोर्ट तथा प्रक्रियाकै क्रममा फेक पुलिस रिपोर्ट र वर्क परमिटहरु दुतावासमा पुग्ने क्रम बढेको एक म्यानपावर व्यवसायीले बताए । ति व्यवसायी अनुसार फेक डकुमेन्टका कारण दुतावासमा कामको चाप बढेको छ । एकै दिनमा दुई सयको हाराहारीमा स्टाम्पको लागि डकुमेन्ट सब्मिट हुने गरेको छ । ति व्यवसायीले केहि एजेन्टहरुले पुलिस रिपोर्टमा दुतावासको छाप लगाएकै आधारमा समेत नेपालमा युवाहरुसँग पैसा अशुल्ने गरेको बताए  । उनले भने 'वर्क परमिट नआएसम्म क्रोएसिया रोजगारको लागि ग्यारेन्टी हुँदैन । केहि एजेन्टहरुले पुलिस रिपोर्टमा दुतावासको छाप लगाएको देखाएर दुतावासमा काम हुँदै गरेको भनि पैसा अशुली गरेका छन् ।' ति व्यवसायीका अनुसार पहिले काठमाडौँ तथा भारतमा रहेको VFS ले क्रोएसियाको वर्क परमिटको भेरिफाई गरेर मात्र दुतावासमा स्टाम्पको लागि पठाउने गरेकोमा अहिले VFS कागज हेरेकै आधारमा VFS प्रक्रिया पुरा गरि दुतावासमा पठाउने गरेको कारण दुतावासमा धेरै भन्दा धेरै फेक कागजातहरु पुगेका छन् ।

क्रोएसिया रोजगारमा पठाउदै आएका अर्का एक व्यवसायीका अनुसार पछिल्लो समय नेपालका एजेन्टहरुले सिधा क्रोएसिया स्थित कम्पनीसँग नभई भारतका एजेन्टहरु मार्फत क्रोएसिया रोजगारको काम गर्दा धेरै अवैधानिक काम भएका छन् । डिमाण्डमा तेश्रो पक्ष सक्रिय हुँदा आर्थिक अशुलीको लागि अवैधानिक कामहरु बढेको उनको बुझाई छ । दुतावासले स्टाम्प हान्न रोकेसंगै झन्डै ८ सयको हाराहारीमा नेपालबाट क्रोएसिया रोजगारको प्रक्रियामा रहेका युवाहरु अन्यौलमा परेको उनले बताए । 

गत आर्थिक वर्षमा मात्र नेपालबाट एक हजार ७३ जनाले क्रोएसिया रोजगारको लागि व्यक्तिगत श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक बर्षको साउन र भदौमा क्रमश २२४ जना र २९० जना गरि दुई महिनाको अवधिमै ५१४ जनाले क्रोएसिया रोजगारको लागि श्रम कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिएका छन् । जसमध्य महिलाको संख्या १२६ जना रहेको छ । 

क्रोएसियामा रोजगारको लागि म्यानपावरहरुले डिमाण्ड निकाल्न सकेका छैनन् । संस्थागत रुपमा डिमाण्ड पाउन सम्बन्धित देशमा नेपाली दुतावास हुनुपर्ने र दुतावासले प्रमाणीकरण गरेपछि मात्र म्यानपावरहरुले संस्थागत रुपमै क्रोएसिया रोजगारमा पठाउन पाउँछन् । तर संस्थागत रुपमा रोजगारमा पठाउन नसकेपछी व्यक्तिगत श्रम स्वीकृतिमा क्रोएसिया रोजगारमा पठाईदै आएको छ । यस कार्यमा केहि म्यानपावर व्यवसायीको समेत संलग्नता छ । वैदेशिक रोजगारीको लागि सरकारले संस्थागत रुपमा (म्यानपावर कम्पनी मार्फत)एक सय १० देश र व्यक्तिगत रुपमा जानको लागि एक सय ७२ देश खुला गरेको छ । जस अन्तर्गत क्रोएसियामा पनि संस्थागत रुपमा नै जान सकिने व्यवस्था छ । तर क्रोएसियाको लागि नेपालमा संचालित कुनै पनि म्यानपावर कम्पनीले आधिकारिक रुपमा डिमाण्डको पुर्व स्वीकृति लिएका छैनन् । हालको नीति अनुसार म्यानपावर (संस्थागत) र सरकार (जिटुजि, उदाहरण इजरायल र दक्षिण कोरिया) बाहेक अरुलाई वैदेशिक रोजगारमा पठाउन स्वीकृति छैन । यस्तो अवस्थामा क्रोएसिया जान चाहने युवाहरुले कुनै व्यक्तिलाई विश्वास गरेर उसैलाई अग्रिम ५० हजार देखि १ लाखसम्म र वर्क परमिट पाएपछि ५ देखि ८ लाखसम्म तिरेर क्रोएसिया जान पर्ने बाध्यता छ । यो बाध्यताको कारण प्रक्रिया सुरु गर्दा अग्रिम बुझाएको पैसाको कारण धेरै युवाहरु समस्यामा पर्ने गरेका छन् । कतिपयले क्रोएसिया पठाउने भन्दै पैसा लिने र प्रक्रियानै सुरु नगरेर १/२  बर्षसम्म झुलाउने गरेका छन् भने कतिपयले अवैध कागजात देखाई  कयौ युवाहरुसँग आर्थिक अशुली गरेरसम्पर्क बिहिन समेत हुने गरेका छन् । 

साझा सबाल मिडियाले संचालन गरेको 'वैदेशिक रोजगार एप' मार्फत आएका इमेलहरुमा समेत क्रोएसियामा रोजगारीको लागि भन्दै अग्रिम रुपमा ५० हजार देखि १ लाख डिपोजिट मागिएको, डिमाण्ड तथा वर्क परमिट सहि हो कि होइन जस्ता जस्ता गुनासाहरु आउने गरेका छन् । 'नजाउँ अरु गएका छन्, श्रम स्वीकृति लिएरै गएका छन्, जाउँ भनेर प्रक्रिया सुरु गर्यो श्रम स्वीकृति नआउँदासम्म अग्रिम बुझाएको पैसा ठगि हुन्छ कि भन्दै टाउको दुखाउनु पर्ने बाध्यता छ । संस्थागत रुपमा जान पाउने भएको भए कम्तिमा पैसा फसिहाले पनि फिर्ता लिने आधार त हुन्थ्यो ?' एक युवाले सामाजिक संजालमा प्रतिक्रिया लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ