बंगलादेशमा मोटर डुंगामा आगो लाग्दा ३६ जनाको मृत्यु !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

एजेन्सी | बंगलादेशमा शुक्रबार बिहान एउटा मोटर डुंगामा आगो लाग्दा ३६ जनाको मृत्यु भएको छ। राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा आज बिहान तीन बजे आगलागी भएको जनाइएको छ। तीन तले डुंगामा झन्डै पाँच सय मानिस सवार रहेको अनुमान रहेको छ। उनीहरु मध्ये अधिकांश आफ्नो गाउँ फकिँदै थिए।

डुंगाको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ। आगो लागेपछि केही यात्रुहरु ज्यान जोगाउन नदीमा हाम्फालेका थिए। प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। एक सय भन्दा बढीलाई जलेको अवस्थामा अस्पताल भर्ना गरिएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply