एजेन्सी | बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास डाउनिंग स्ट्रीटमा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् ।

सन् २०२० को मे मा कोरोना महामारी र प्रतिबन्धका विच पार्टीप्रति उनले माफी मागेका हुन् । ‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रममा जोनसनले रक्सी पार्टीलाई लिएर माफी मागेका हुन् ।

उनले महामारीमा करोडौँ मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको पनि उल्लेख गरे । नियम बनाउनेले नै निमयको उचित रूपमा पालन नगरेको स्वीकार गर्दै प्रधानमन्त्री जोनसनले घटनाको जिम्मेवारी आफूले लिने बताएका हुन् ।

घटनाबारे भइरहेको जाँचको निष्कर्षबारे यसै भन्न नसक्ने तर आफूले घटनाको जिम्मेवारी लिने उनको भनाइ छ ।

विपक्षीहरूले भने यस्तो घटनामा माफी मागेर नपुग्ने भन्दै उनले राजीनामा दिनुपर्ने बताएका छन । बेलायतमा विगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो ।

प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको बताएको छ ।