Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-10-10 03:50 AM
काठमाडौँ - KTM

नचाँहिदो प्रस्ताब पनि आए तर कामको लागी शरिर बेच्दिन – नायिका ठकुरी


नेपाली चलचित्रकि नायिका सपना सिंह गत ५ बर्ष अघि चलचित्र क्षेत्रमा होमिएकी हुन् l नेपालगंज घर भएकी र मोफसलमा बसेर चलचित्र उद्योगमा काम नचल्ने भएकोले आफ्नो चलचित्रमा भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन् । र नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रको उदयमान नायिका सपना सिंह ठकुरी बिगत ८ बर्ष देखि नेपाली सिनेमा जगतमा छाँउदै आएकि छिन । 

काठमाडौँ पुरानो बानेश्वरको ‘एमआर थिएटर’ बाट भरत नाट्यम, अभिनय र नृत्य सिकेकी नायिका अभिनय र नृत्यमा निकै नै पोख्त छिन । र आफुले निकै मेहनत गर्नु पर्ने उनले बताइन l  लगभग ४ बर्ष अगाडी अहिलेका चर्चित संगीत भिडियोका नायक र कलाकार शंकर बिसी सँग म्युजिक भिडियो मार्फत मोडलिङ र अभिनय सुरु गरेकी नायिका सपनाले शुभ यात्रा म्युजिक बाट सपना सिंह ठकुरी ले (यो जोवनी) नामको तिज गीत आफैंले पहिलो तीज गीत बजारमा ल्याइएकी छिन् l अहिले सम्म अढाई दर्जन  भन्दा बढी म्युजिक भिडियोहरुमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन्  । र उनले अन्य अरु भिडियो आउने बताईन l 

 
नेपाली कथानक चलचित्र ‘सारङ्क’ बाट शुभारम्भ गरेकी नायिका सपनाले अहिले सम्म ४ वटा चलचित्रमा काम गरि सकेकी छिन । हालसालै उनको नयाँ चलचित्र ‘मन को उजुरी’ को पनि छायांकन सुरु भईसकेको र आधा छायांकन हुन बाँकि रहेको उनले बताईन । अभिनय र नृत्यमा राम्रो अभिनय गर्ने नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी पनि देखिन्छिन l 

सधै उज्यालो तथा हसिलो अनुहार साथ प्रस्तुत हुने नायिका सपना सबै संँग चाडै घुलमिल हुने बताईन । लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी, र माता लक्ष्मी देबी सिंह ठकुरीको, भाइ सागर सिंह ठकुरी  र सुशिल भारती प्रेरणा र  हौसलाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताइन l 

नायिका सपना भन्छिन, आफ्नो अभिनय, कला प्रस्तुत गरेर आफु भित्र निहित प्रतिभा तथा क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन चाहेको बताईन l

 सपना भन्छिन, आफु कलाकार भएकोले कहिलेकाँहि  सिनेमा क्षेत्रका मानिसहरुबाट म्युजिक भिडियो, चलचित्रमा खेलाउँछु र नाता गाँस्नु पर्छ भनेर नचाँहिदो प्रस्ताब पनि आउने गरेको कुरा बताईन l उनले अगाडी भनिन “मैले त्यस्तो प्रस्ताबलाई ठाडै अस्विकार गर्ने  गरेको छु, कामको लागि शरीर बेच्दिन साथै आफ्नो आत्मसम्मान बेचेर सम्झौता पनि गर्दिन” भनिन । 


चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशिलता, अभिनय क्षमता हुनुपर्नेमा बिश्वास राख्ने सपना क्षणिक चर्चाको लागि आफु ननाङ्गीने र ग्ल्यामरसको नाममा जे पायो त्यहि नगर्ने समेत स्पष्ट पारिन l आफुले अंगालेको पेशालाई हृदय देखि नै निकै मन पराएको कारण आफु यो पेशामा लागेको बताइन l पेशामा निरन्तरता दिने भन्दै त्याग र तपस्या चाहिने हुनाले आफु दत्तचित्तको साथ लागेको बताईन l 

उनले कुराकानी गर्ने क्रममा ,भबिष्यमा अभिनय र नृत्यको माध्यमबाट एक कुशल अभिनेत्रीको रुपमा स्थापित गराउन ठकुरी आफ्नो सुन्दरता प्रति पनि त्यतिकै ध्यान दिने बताइन l उनले अगाडी भनिन ,नेपाली दर्शकहरुको मागलाइ ध्यान दिदै समय सापेक्ष आफुलाइ परिबर्तन गर्दै लैजाने बताइन । साथै कथावस्तु र नेपाली समाजलाई पच्ने खालको चलचित्रमा मात्र आफु अभिनय गर्न तत्पर रहेको बताईन l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने