समाज | दाङ्ग - DNG


गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

Posted on June 15, 2019 | views : 1990 | दाङ्ग - DNG

जेठ ३२, काठमाडौं । गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ । राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता नै सिन्धायने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ । दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेक

Read More

एउटै वडामा १३८ बालबालिका कुपोषित

Posted on June 13, 2019 | views : 1348 | दाङ्ग - DNG

जेठ ३०,दाङ | दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।  तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभय

Read More

आँखुमा बगेर बिद्यार्थी बेपत्ता: प्रहरी, जनप्रतिनिधि र स्थानीयलाई अग्रिम जानकारी थिएन

Posted on June 13, 2019 | views : 5621 | दाङ्ग - DNG

अनिल अधिकारी | जेठ ३०, काठमाडौँ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया बिपना भुषाल आँखु खोलाले बगाएर बेपत्ता भइन् । यो समाचार तयार पार्दासम्म उनको खोजि कार्यमा प्रहरी लगायत सुरक्षा कर्मी र स्थानीयहरुको प्रयास जारी छ ।  काठमाडौ

Read More

हाइड्रोपावरले ड्याम खोल्दा दाङ घर भएकी एक युवती बेपत्ता

Posted on June 13, 2019 | views : 2485 | दाङ्ग - DNG

जेठ ३०, धादिङ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् ।  लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्य

Read More

दाङ: खादाको सट्टा फूलको माला प्रयोग गरिने

Posted on June 12, 2019 | views : 1891 | दाङ्ग - DNG

जेठ २९, लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ । पछिल्लो समय खादाको प्रयोग बढिरहेको भन्दै उपमहानगरपालिकाले खादाको सट्टा स्थानीय स्तरमा पाइने फुलको माला र ढाकाको उत्पादनलाई प्रयोगमा ल्याउने नीति अघि सारेको छ ।   उपमहानगरपालिका प

Read More

दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद

Posted on June 11, 2019 | views : 2020 | दाङ्ग - DNG

जेठ २८, लमही । दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला सुनाइएको हो । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इ

Read More

पत्रकारहरुले आज शुरु भएको कामको परिणाम एक महिनामा खोज्नु हुँदैन : मन्त्री बाँस्कोटा

Posted on June 07, 2019 | views : 1650 | दाङ्ग - DNG

जेठ २४ ,दाङ्(रासस जेठ २४ ,दाङ्(रासस )सञ्चार तथा सूचना प्रविधिमन्त्री  गोकुलप्रसाद बाँस्कोटाले सकारात्मक समाचारले नै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ हेमन्तपुरस्थित रेडियो नेपाल प्रदेश नं ५ को प्रादेशिक प्रसारण कार्यालयको शुभारम्भ तथा

Read More

जनचासोका विषयमा कलम चलाउनुहोस् : मन्त्री बाँस्कोटा

Posted on June 07, 2019 | views : 1262 | दाङ्ग - DNG

 जेठ २४, तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभय

Read More

दाङ : बेपत्ता भएको ७० वर्षपछि काजकिरिया शुरु

Posted on June 07, 2019 | views : 1944 | दाङ्ग - DNG

जेठ २४, लमही । दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उहाँकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गर्नुभएको छ ।  बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझै

Read More

दाङ : पच्चीस बिघा क्षेत्रफलमा रङ्गशाला बनाउन शुरु

Posted on June 05, 2019 | views : 1889 | दाङ्ग - DNG

जेठ २२, घोराही । घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।  चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका

Read More

दाङमा सर्पको डसाइबाट एक किशोरीको मृत्यु

Posted on June 04, 2019 | views : 2309 | दाङ्ग - DNG

जेठ २१, लमही । दाङमा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ । आज बिहान राजपुर गाउँपालिका–४ मोतिपुरकी १७ वर्षीया प्रमिला यादवलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार बिहान स्कूल जाने क्रममा घरबाट निस्किने क्रममा सर्पले डसेक

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17927 | दाङ्ग - DNG

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

अस्पताललाई बजेट माग

Posted on May 27, 2019 | views : 1495 | दाङ्ग - DNG

जेठ १३, तुलसीपुुर । यहाँ सञ्चालन भएका आँखा अस्पतालको विकासका लागि गुरुयोजना तयार पारी प्रदेश सरकारसँग बजेट माग गरिएको छ । प्रदेशसभाका सदस्य, राजनीतिक दल र अस्पतालका प्रशासकको टोलीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग आइतबार भेट गरी अस्पतालको विकास गर

Read More

दाङ : शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिन शुरु

Posted on May 26, 2019 | views : 1574 | दाङ्ग - DNG

रीता लामा, जेठ १२, घोराही । युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ ।   बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिम

Read More

विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्ने ज्ञानीमैयाको घरमा खानेपानी जडान

Posted on May 24, 2019 | views : 1393 | दाङ्ग - DNG

जेठ १०, दाङ | विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्नुभएकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ ।  यसअघि खोलाको पानी पिउँदै आउनुभएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेप

Read More

विप्लव समूहका घोराही इन्चार्जद्वारा पार्टी परित्याग

Posted on May 24, 2019 | views : 1636 | दाङ्ग - DNG

जेठ १०, घोराही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिनुभएको छ ।  उहाँले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको ब

Read More

मेडिकलमै शिशुको मृत्यु भएपछि दाङका एक मेडिकल सञ्चालक पक्राउ

Posted on May 21, 2019 | views : 2093 | दाङ्ग - DNG

जेठ ७, दाङ | उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।  अर्घाखाँची शितगङ्गा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका–१ पुतलिबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम चौधरील

Read More

बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted on May 19, 2019 | views : 1423 | दाङ्ग - DNG

जेठ ५, दाङ | आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  गाउँमै विशेषज्ञ सेवाका साथै औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीयवासीको निकै बाक्लो उपस्थिति थियो । आयुर्वेद चिकित्स

Read More

दाङमा प्रसूति सेवा केन्द्र शुभारम्भ

Posted on May 18, 2019 | views : 1708 | दाङ्ग - DNG

जेठ ४, लमही  । दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न   उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो ।प्रसूति हुन

Read More

दाङ : सात सय हेक्टरमा डढेलो

Posted on May 15, 2019 | views : 1521 | दाङ्ग - DNG

रीता लामा, जेठ १, घोराही । यस वर्ष घोराही उपमहानगरपालिका–७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो । पचास हेक्टर बढी जङ्गलमा आगलागी हुँदा वनमा स–साना बिरुवा जलेर नष्ट भएका छन् । वनको दक्षिण भागबाट सल्किएको आगो वन समूहअन्तर्गत बनेको डढेलो नियन्त्रण समितिको पहलमा नियन्त्रणमा आएको वन समूहका

Read More

किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

Posted on May 15, 2019 | views : 2126 | दाङ्ग - DNG

जेठ १, दाङ | तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो ।  उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै कि

Read More

डेढ करोड महसुल उठ्न बाँकी

Posted on May 14, 2019 | views : 1508 | दाङ्ग - DNG

बैशाख ३१, लमही | नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ ।  सबै

Read More

दाङमा कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा बगेर एक जनाको मृत्यु

Posted on May 13, 2019 | views : 1948 | दाङ्ग - DNG

वैशाख ३०, लमही । दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ । कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्य

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15960 | दाङ्ग - DNG

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

आगोले भविष्य नै खरानी बनाएपछि..

Posted on May 10, 2019 | views : 1836 | दाङ्ग - DNG

नवीन नेपाली | वैशाख २७, नारायणपुर  |  जङ्गली डढेलोका कारण माले र सिरुखर्कको सिङ्गो गाउँ नै खरानी बन्यो । दाङको घोराही उपमहानगरपालिका– १ तल्लो माले र सिरुखर्कका अग्निपीडित अहिले बारी र रुखमुनी छन् ।  जिन्दगीभर कमाई जोगाएर राखेको सम्पति र भविष्यको योजना आगोसँगै डढेपछि उनीहरू खुल्ला आकाश

Read More

लमही–घोराही १३२ केभी लाइन सञ्चालन

Posted on May 09, 2019 | views : 1624 | दाङ्ग - DNG

वैशाख २६, लमही | दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी ल

Read More

बगरमै लटरम्म खरबुजा !

Posted on May 08, 2019 | views : 2461 | दाङ्ग - DNG

नारायणी रजौरे  | बैशाख २५, काठमाडौं | कुनै बेला राप्ती नदीको कटानले स्थानीय बासिन्दाको  घरजग्गालाई बगर बनाइदिएको यो ठाउँमा अहिले हरियाली छाएको छ । यहाँका किसानहरुका पौरखका कारण हरियाली मात्र हैन, बगरमै लटरम्म खरबुजा नै फलेका छन् । बगर खेतीबाटै आत्मनिर्भर बन्ने प्रयासमा रहेका उनीहरुमा अहिले

Read More

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Posted on May 08, 2019 | views : 1450 | दाङ्ग - DNG

वैशाख २५ , लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपाल

Read More