३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मेडिकलमै शिशुको मृत्यु भएपछि दाङका एक मेडिकल सञ्चालक पक्राउ

७ जेष्ठ २०७६, मंगलवार १२:५८

जेठ ७, दाङ | उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । 

अर्घाखाँची शितगङ्गा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका–१ पुतलिबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

माइतीघर आएको अवस्थामा छोरा बिरामी भएपछि मेडिकल लगिएको र मेडिकलमा लग्दा ‘सिफन्टल ०.२६ एमजी र डिक्सोना ०.२ एम्जी’ मिसाएर सिरिञ्ज लगाएपछि शिशु बेहोस भएपछि  थप उपचारका लागि लुम्बिनी अञ्चल प्रादेशिक अस्पताल लगिएको अवस्थामा मृत्यु भएको हो । 

शिशुको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्नसक्ने भन्दै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । “अरू केही होइन, बच्चाको उपचारको क्रममा मृत्यु भयो, बच्चाको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र ब्यवहार गर्छन भनेर नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ