२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एउटै वडामा १३८ बालबालिका कुपोषित

२०७६, ३० जेष्ठ बिहीबार ०८:२७

जेठ ३०,दाङ | दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।  तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो ।“हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ”, उहाँले भन्नुभयो, “तर ४७ जना मात्रै सम्पर्कमा हुनुहुन्छ, अन्य बालबालिकाहरु कता हुनुहुन्छ, हामी कहाँ सम्पर्कमा आउनुभएको छैन ।” ४७ जनामध्ये निको भएका १३, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२, अन्य अस्पतालमा थप उपचारका लागि पठाएका सात तथा औषधि खाइरहेका पाँच जनाको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।  २०७४ साल चैत ७ गतेदेखि २०७६ जेठ २७ गतेसम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कूल ६ हजार ९०८ जना बालबालिका रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको हो ।

एघार वटा वडाको केन्द्र टरिगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका सम्पर्कमा आउन नसकेको बताउनुभयो । बाँकी आठ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिकाहरुको सङ्ख्या रहेको उहाँको भनाइ छ । कुपोषित बालबालिकाको यो सङ्ख्या चिन्ताजनक रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताउनुभयो । “अहिले एउटै वडामा देखिएको यो कुपोषणको समस्या निकै चिन्ताजनक विषय हो”, उहाँले भन्नुभयो । कुपोषणमा लागेका बालिकाहरु सम्पर्कमा नआउनुका कारण अध्ययन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।यसरी बालबालिका सम्पर्कमा नआउने अवस्था रहनुमा प्रोत्साहनको कमी हुन सक्ने यसका लागि अभिभावकलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते