२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिन शुरु

२०७६, १२ जेष्ठ आईतवार ११:५१

रीता लामा, जेठ १२, घोराही । युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ ।  

बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो ।  

व्यवसाय गर्न चाहने युवाका लागि संस्थाले चार प्रतिशत ब्याजमा कर्जा लगानी शुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले सरकारी कार्यक्रमअनुरुप नै सहकारीले युवाको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालेको बताउनुभयो । 

उहाँले शैक्षिक प्रमाणपत्र धितो राखेर एसइई पास गरेकालाई रु ५० हजार, कक्षा १२ उत्तीर्ण गरेकालाई रु एक लाख ५० हजार, स्नातक उत्तीर्ण गरेकालाई तीन लाख र स्नातकोत्तर उत्तीर्ण गरेकालाई रु पाँच लाखसम्म ऋण लगानी गर्न शुरु गरेको जानकारी दिनुभयो । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा व्यवसाय गर्न चाहने युवालाई ऋण दिन थालिएको संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा संस्थाले विनाधितो प्रतिव्यक्ति रु दुई लाख रकम दिन शुरु गरेको छ । बेरोजगार र देशमै बसेर केही गर्न चाहने युवाका लागि व्यवसायी बनाउन ऋण लगानी शुरु गरेको सहकारी संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

सहकारीले शुरु गरेको युवा ऋण लगानी कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शर्माले स्वरोजगार कोषसँग रु ५० लाख ऋण सम्झौता भएको र त्यसमध्ये पहिलो चरणमा रु २५ लाख  वितरण गर्न शुरु गरिएको बताउनुभयो । 

 “दुई लाखसम्म लैजाने युवाले केही पनि धितो नराखेर ऋण दिन लागेका छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष २५ जना युवालाई ऋण दिने तयारी गरेका छौँ, तीमध्ये १३ जनालाई आजबाटै ऋण दिन शुरु गरिनेछ, अरुलाई केही समय पछि दिने हो ।” दुई लाखले अपुग हुने युवालाई थप रकम आवश्यक परेमा शैक्षिक प्रमाणपत्र धितो राखिने उहाँले बताउनुभयो । 

विनाकर्जा युवालाई ऋण दिने कार्यक्रम केही महीना अगाडि नै घोषणा गरिएको थियो । सोही घोषित कार्यक्रमअन्तर्गत ऋण लैजाने युवाको लगत पनि सङ्कलन भइसकेको हँुदा तत्काल कर्जा प्रवाह गरिने उहाँले बताउनुभयो । 

स्वरोजगार कोषको व्यवस्थाअनुसार कोषको रकम कर्जाका रुपमा लैजानेले शुरुमा १० प्रतिशतका दरले नियमित रुपमा मासिक ब्याज बुझाई सबै ऋण चुक्ता गर्नुपर्ने हुन्छ । ब्याजसहितको ऋण चुक्ता भइसकेपछि उनीहरुले तिरेको ब्याजको छ प्रतिशत रकम फिर्ता पाउने व्यवस्था पनि गरिएको छ ।  

स्वरोजगार कोषको कर्जा पाउनका लागि १८ देखि ५० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने, सहकारी संस्थाको कार्य क्षेत्रभित्र बसोबास गर्ने र व्यवसाय सञ्चालन गर्नुपर्ने,                             संस्थाको नियमानुसार सदस्यता लिई मासिकरुपमा अनिवार्य बचत गर्नुपर्ने जस्ता नियम लगाइएका छन् ।

यस्तै पुरानो शेयर सदस्यको हकमा निजको नाममा रहेको पुरानो ऋण चुक्ता गरेको हुनुपर्ने, आफूलेगर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना बनाई पेश गर्नुपर्ने, पारिवारिक सदस्यको सम्पूर्ण विवरण, पारिवारिक व्यवसायको प्रष्ट विवरण पेश गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

ऋण लगिसकेपछि युवाले उक्त रकमबाट व्यवसाय शुरु गर्ने र व्यवसाय गर्न अपुग रकम उनीहरुले शैक्षिक प्रमाणपत्र धितो राखी लैजाने व्यवस्थासमेत गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने