३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिन शुरु

१२ जेष्ठ २०७६, आईतवार ११:५१

रीता लामा, जेठ १२, घोराही । युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ ।  

बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो ।  

व्यवसाय गर्न चाहने युवाका लागि संस्थाले चार प्रतिशत ब्याजमा कर्जा लगानी शुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले सरकारी कार्यक्रमअनुरुप नै सहकारीले युवाको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालेको बताउनुभयो । 

उहाँले शैक्षिक प्रमाणपत्र धितो राखेर एसइई पास गरेकालाई रु ५० हजार, कक्षा १२ उत्तीर्ण गरेकालाई रु एक लाख ५० हजार, स्नातक उत्तीर्ण गरेकालाई तीन लाख र स्नातकोत्तर उत्तीर्ण गरेकालाई रु पाँच लाखसम्म ऋण लगानी गर्न शुरु गरेको जानकारी दिनुभयो । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा व्यवसाय गर्न चाहने युवालाई ऋण दिन थालिएको संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा संस्थाले विनाधितो प्रतिव्यक्ति रु दुई लाख रकम दिन शुरु गरेको छ । बेरोजगार र देशमै बसेर केही गर्न चाहने युवाका लागि व्यवसायी बनाउन ऋण लगानी शुरु गरेको सहकारी संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

सहकारीले शुरु गरेको युवा ऋण लगानी कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शर्माले स्वरोजगार कोषसँग रु ५० लाख ऋण सम्झौता भएको र त्यसमध्ये पहिलो चरणमा रु २५ लाख  वितरण गर्न शुरु गरिएको बताउनुभयो । 

 “दुई लाखसम्म लैजाने युवाले केही पनि धितो नराखेर ऋण दिन लागेका छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष २५ जना युवालाई ऋण दिने तयारी गरेका छौँ, तीमध्ये १३ जनालाई आजबाटै ऋण दिन शुरु गरिनेछ, अरुलाई केही समय पछि दिने हो ।” दुई लाखले अपुग हुने युवालाई थप रकम आवश्यक परेमा शैक्षिक प्रमाणपत्र धितो राखिने उहाँले बताउनुभयो । 

विनाकर्जा युवालाई ऋण दिने कार्यक्रम केही महीना अगाडि नै घोषणा गरिएको थियो । सोही घोषित कार्यक्रमअन्तर्गत ऋण लैजाने युवाको लगत पनि सङ्कलन भइसकेको हँुदा तत्काल कर्जा प्रवाह गरिने उहाँले बताउनुभयो । 

स्वरोजगार कोषको व्यवस्थाअनुसार कोषको रकम कर्जाका रुपमा लैजानेले शुरुमा १० प्रतिशतका दरले नियमित रुपमा मासिक ब्याज बुझाई सबै ऋण चुक्ता गर्नुपर्ने हुन्छ । ब्याजसहितको ऋण चुक्ता भइसकेपछि उनीहरुले तिरेको ब्याजको छ प्रतिशत रकम फिर्ता पाउने व्यवस्था पनि गरिएको छ ।  

स्वरोजगार कोषको कर्जा पाउनका लागि १८ देखि ५० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने, सहकारी संस्थाको कार्य क्षेत्रभित्र बसोबास गर्ने र व्यवसाय सञ्चालन गर्नुपर्ने,                             संस्थाको नियमानुसार सदस्यता लिई मासिकरुपमा अनिवार्य बचत गर्नुपर्ने जस्ता नियम लगाइएका छन् ।

यस्तै पुरानो शेयर सदस्यको हकमा निजको नाममा रहेको पुरानो ऋण चुक्ता गरेको हुनुपर्ने, आफूलेगर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना बनाई पेश गर्नुपर्ने, पारिवारिक सदस्यको सम्पूर्ण विवरण, पारिवारिक व्यवसायको प्रष्ट विवरण पेश गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

ऋण लगिसकेपछि युवाले उक्त रकमबाट व्यवसाय शुरु गर्ने र व्यवसाय गर्न अपुग रकम उनीहरुले शैक्षिक प्रमाणपत्र धितो राखी लैजाने व्यवस्थासमेत गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ