२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ: खादाको सट्टा फूलको माला प्रयोग गरिने

२०७६, २९ जेष्ठ बुधबार ०७:४३

जेठ २९, लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ । पछिल्लो समय खादाको प्रयोग बढिरहेको भन्दै उपमहानगरपालिकाले खादाको सट्टा स्थानीय स्तरमा पाइने फुलको माला र ढाकाको उत्पादनलाई प्रयोगमा ल्याउने नीति अघि सारेको छ ।  

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार प्लाष्टिकजन्य सामग्री निशेध गरी दुनाटपरीलाई प्राथमिकता दिने समेत नीति अघि सारेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । 

फोहर विर्सजन गर्ने स्थायी स्थान नहुँदा बजारको फोहरलाई तुलसीपुरको महेन्द्र मावि नजिकै रहेको खोलामा थुपार्ने गरिएकामा अब उपमहानगरपालिकाले फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने नीति अघि सारेको प्रमुख पाण्डेले बताउनुभयो । ‘‘दिगो रुपमा फोहोर व्यवस्थापन गर्न फोहोरमैला बिर्सजन गर्नका लागि स्थायी ‘ल्यान्डफिड साइड’ निर्माण गरिनेछ’’, उहाँले भन्नुभयो । 

उपमहानगरपालिकाले सामुदायिक र निजी बनलाई दिगो व्यवस्थापन गर्ने, सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने, बाढीको जोखिममा रहेका यस क्षेत्रका नदी तथा खोलाहरुमा पूर्व सूचना दिने प्रणाली जडान प्रदेश सरकारसँग समन्वय गर्ने नीति अघि सारेको छ ।  

श्रमिकलाई परिचय पत्र

 उपमहानगरपालिकाले युवाहरुलाई उद्यममा जोड्ने, द्वन्द्वपीडिको आयआर्जन वृद्धि गर्ने, तुलसीपुरमा उद्योग ग्राम, उद्योग क्षेत्र र आर्थिक क्षेत्रमा विकास गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गरिने कुरालाई पनि उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ । श्रमिकलाई परिचयपत्र उपलब्ध गराउने, कृषकलाई पोषाक उपलब्ध गराउने नीति उपमहानगरपालिकाले अघि सारेको छ ।  

नगर सहकारी प्रशिक्षण स्थापना गरिने 

तुलसीपुर उपमहानगरपालिकाले नगर सहकारी प्रशिक्षण स्थापना गर्ने नीति अघि बढाएको छ ।  यसका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने योजना रहेको उपमहानगरपालिका प्रमुख पाण्डेले बताउनुभयो । सहकारीमार्फत गरीबी न्यूनीकरण, उद्यमशीलताको विकास गरिने, सहकारीमार्फत विभिन्न क्षेत्रमा लगानी गर्ने नीति पनि अघि सारेको छ ।

सहकारीको सेवालाई चुस्त, दुरुस्त बनाउन डिजिटल सहकारीको अवधारणा अघि बढाउने, सहकारीको दर्ता, गाभ्ने, खारेजी तथा अनुदान वितरणसम्बन्धी मापदण्ड निर्माण गरिने, बचत गर्ने बानीको विकास गराउने, सुपथ मूल्यको पसल खोल्ने, बिउ वितरण गर्ने, सिँचाइको सुविधा, कृषि उत्पादन र बजार व्यवस्थापन, ग्रेडिङ, प्याकेजिङ, कोल्डस्टोरलगायतका काम सहकारीमार्फत गर्ने नीति अघि सारिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा