२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७६, ५ जेष्ठ आईतवार ०३:३९

जेठ ५, दाङ | आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  गाउँमै विशेषज्ञ सेवाका साथै औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीयवासीको निकै बाक्लो उपस्थिति थियो ।

आयुर्वेद चिकित्सा महाशाखा प्रमुख डा मनकर्ण थापाले शिविरमा ३००  बढी बिरामीको जाँच र औषधि वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा धेरैजसो पायल्स, ग्यास्टिक,  स्त्री रोग, श्वासप्रश्वास र पत्थरीका बिरामी आएका थिए । आयुर्वेदिक जीवन पद्धतिबाट स्वस्थ नागरिक निर्माण गर्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको व्यवस्थापक खीमराज रिजालले बताउनुभयो ।

पछिल्लो समय एलोपेथिक उपचार पद्धतिका कारण मानिसलाई औषधिको विभिन्न असर (साइडइफेक्ट)देखिने गरेकाले आयुर्वेदिक जीवन पद्धतिका लागि यस्तो कार्यक्रम आयोजना गरिएको  डा थापाको भनाइ छ । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । शिविरमा डा थापा, डा विजय भुर्तेल, डा नदन कँडेल, डा शारदा खनाल, डा आश्मा केसी र डा गोकर्ण दाहाललगायतले स्वास्थ्य जाँच गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते