२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्ने ज्ञानीमैयाको घरमा खानेपानी जडान

२०७६, १० जेष्ठ शुक्रबार ०६:५६

जेठ १०, दाङ | विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्नुभएकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ । 

यसअघि खोलाको पानी पिउँदै आउनुभएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा रहेको भन्दै खानेपानी जडान गरिएको लमही खानेपानी तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पौडेलले बताउनुभयो । 

 पैसाको अभावमा यसअघि उहाँले धारा जडान गर्न सक्नुभएको थिएन् । “मसँग धारा जोड्ने पैसा नै थिएन, अहिलेसम्म खोलाकै पानी खाँदै आएकी थिए”, उहाँले भन्नुभयो, “अब भने सजिलो भयो ।” 

कुसुण्डा भाषा अहिले विश्वमै लोपोन्मुख भएको अवस्थामा उक्त भाषालाई संरक्षणका लागि ज्ञानीमैयाबाट देशभरका कुसुण्डाले उक्त भाषा सिकिरहेका छन् । आफ्नो निधनपछि यो भाषा बोल्ने मान्छे हुँदैनन्, ज्ञानीमैयालाई चिन्ता छ । “अहिलेसम्म म मात्रै रहेछु, यो भाषा जानेकी, अब म नै मरे भने कसले बोल्ला यो भाषा”, उहाँले भन्नुभयो, “अहिले केही नानीबाबुले सिकिरहेका छन्, उनीहरुले सिकेपछि यो भाषा बोल्ने अलि धेरै होलान् ।” 

विश्वमै कुसुण्डा भाषा जानेकी ज्ञानीमैया मात्रै भएकाले उहाँको निधनपछि भाषा लोप हुने भन्दै भाषा संरक्षण गर्न ध्यान दिन थालिएको छ । साथै सरकारले ज्ञानीमैयाका लागि दुई कोठे घर निर्माण गरि दिएको छ । सरकारले पनि यो भाषा संरक्षणका लागि चासो देखाएको छ । अहिले लमहीमै विभिन्न कक्षा सञ्चालन गरेर कुसुण्डा भाषा संरक्षण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते