३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्ने ज्ञानीमैयाको घरमा खानेपानी जडान

१० जेष्ठ २०७६, शुक्रबार ०६:५६

जेठ १०, दाङ | विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्नुभएकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ । 

यसअघि खोलाको पानी पिउँदै आउनुभएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा रहेको भन्दै खानेपानी जडान गरिएको लमही खानेपानी तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पौडेलले बताउनुभयो । 

 पैसाको अभावमा यसअघि उहाँले धारा जडान गर्न सक्नुभएको थिएन् । “मसँग धारा जोड्ने पैसा नै थिएन, अहिलेसम्म खोलाकै पानी खाँदै आएकी थिए”, उहाँले भन्नुभयो, “अब भने सजिलो भयो ।” 

कुसुण्डा भाषा अहिले विश्वमै लोपोन्मुख भएको अवस्थामा उक्त भाषालाई संरक्षणका लागि ज्ञानीमैयाबाट देशभरका कुसुण्डाले उक्त भाषा सिकिरहेका छन् । आफ्नो निधनपछि यो भाषा बोल्ने मान्छे हुँदैनन्, ज्ञानीमैयालाई चिन्ता छ । “अहिलेसम्म म मात्रै रहेछु, यो भाषा जानेकी, अब म नै मरे भने कसले बोल्ला यो भाषा”, उहाँले भन्नुभयो, “अहिले केही नानीबाबुले सिकिरहेका छन्, उनीहरुले सिकेपछि यो भाषा बोल्ने अलि धेरै होलान् ।” 

विश्वमै कुसुण्डा भाषा जानेकी ज्ञानीमैया मात्रै भएकाले उहाँको निधनपछि भाषा लोप हुने भन्दै भाषा संरक्षण गर्न ध्यान दिन थालिएको छ । साथै सरकारले ज्ञानीमैयाका लागि दुई कोठे घर निर्माण गरि दिएको छ । सरकारले पनि यो भाषा संरक्षणका लागि चासो देखाएको छ । अहिले लमहीमै विभिन्न कक्षा सञ्चालन गरेर कुसुण्डा भाषा संरक्षण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ