३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

१ जेष्ठ २०७६, बुधबार ०६:३४

जेठ १, दाङ | तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो । 

उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार उपमहानगरभित्रका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई खुवाइनेछ । 

उपहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषयका शिक्षक–शिक्षिका, स्वास्थ्य सेवाका प्रमुखसँग समन्वय गरिएको प्रमुख डा दाहालको भनाइ छ । उहाँले विद्यालयभित्र र बाहिरका सबै किशोरीलाई खुवाउने उद्देश्य राखिएको बताउनुभयो । आइरन फोलिक एसिड विद्यालय जाने किशोरीलाई विद्यालयमा र विद्यालय नजाने किशोरीलाई समुदाय, वडा तथा स्वास्थ्य संस्थामा खुवाइनेछ । 

प्रमुख दाहालका अनुसार प्रत्येक किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइनेछ । यही कार्यलाई १३ हप्तासम्म निरन्तरता दिइने बताइएको छ । दाङमा पहिलो पटक यो कार्यक्रम शुरु हुन लागेको हो । किशोरीहरुको स्वास्थ्य खराबी भएकै कारण विद्यालयबाट टाढा हुने गर्ने गरेका तथा स्वास्थ्य पनि कमजोर बन्दै जान थालेको भन्दै यो कार्यक्रम शुरु गरेको उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सूर्यबहादुर डाँगीले बताउनुभयो ।  

उपमहानगरपालिकाले अहिले घर–घरमा गएर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने कार्यक्रम पनि जारी राखेको छ । साथै स्मार्ट आमा कार्यक्रम पनि उपमहानगरपालिकाले जारी राखेको छ । उपमहानगरपालिकालाई मोतियाविन्दुरहित बनाउन मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्य पनि जारी राखिएको डा दाहालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ