२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

२०७६, १ जेष्ठ बुधबार ०६:३४

जेठ १, दाङ | तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो । 

उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार उपमहानगरभित्रका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई खुवाइनेछ । 

उपहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषयका शिक्षक–शिक्षिका, स्वास्थ्य सेवाका प्रमुखसँग समन्वय गरिएको प्रमुख डा दाहालको भनाइ छ । उहाँले विद्यालयभित्र र बाहिरका सबै किशोरीलाई खुवाउने उद्देश्य राखिएको बताउनुभयो । आइरन फोलिक एसिड विद्यालय जाने किशोरीलाई विद्यालयमा र विद्यालय नजाने किशोरीलाई समुदाय, वडा तथा स्वास्थ्य संस्थामा खुवाइनेछ । 

प्रमुख दाहालका अनुसार प्रत्येक किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइनेछ । यही कार्यलाई १३ हप्तासम्म निरन्तरता दिइने बताइएको छ । दाङमा पहिलो पटक यो कार्यक्रम शुरु हुन लागेको हो । किशोरीहरुको स्वास्थ्य खराबी भएकै कारण विद्यालयबाट टाढा हुने गर्ने गरेका तथा स्वास्थ्य पनि कमजोर बन्दै जान थालेको भन्दै यो कार्यक्रम शुरु गरेको उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सूर्यबहादुर डाँगीले बताउनुभयो ।  

उपमहानगरपालिकाले अहिले घर–घरमा गएर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने कार्यक्रम पनि जारी राखेको छ । साथै स्मार्ट आमा कार्यक्रम पनि उपमहानगरपालिकाले जारी राखेको छ । उपमहानगरपालिकालाई मोतियाविन्दुरहित बनाउन मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्य पनि जारी राखिएको डा दाहालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते