२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा प्रसूति सेवा केन्द्र शुभारम्भ

२०७६, ४ जेष्ठ शनिबार ०१:३९

जेठ ४, लमही  । दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न   उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो ।प्रसूति हुनका लागि तुलसीपुर बजार नै आउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै प्रसूति सेवा केन्द्र सञ्चालन गरिएको र यसबाट  २४ सै घण्टा सेवा प्रदान  हालका लागि एक तालीम प्राप्त स्टाफनर्स पठाइसकेको उहाँको भनाइ थियो ।  

ऊक्त केन्द्र शुत्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको थियो । योसँगै उपमहानगरपालिकाभित्र छ वटा प्रसूति सेवा केन्द्र सञ्चालनमा आएका छन् ।  चालू आर्थिक वर्षभित्र उक्त उपमहानगरपालिका–४ स्थित हलवार स्वास्थ्यचौकीमा पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइने सो अवसरमा जानकारी दिइएको थियो  । यसैबीच तुलसीपुर–१९ स्थित बिजौरी स्वास्थ्यचौकीलाई  एक एम्बुलेन्स पनि प्रदान गरिएको छ । विकट क्षेत्रबाट सहजै बिरामीलाई अस्पताल ल्याउनका लागि उपमहानगरपालिकाले तीनवटा एम्बुलेन्स खरीद गरेकामा एउटा यसअघि नै वडा नं १ लाई हस्तान्तरण गरेको थियो भने शुक्रबार उपमहानगरप्रमुख पाण्डेले तुलसीपुर–१९ का वडाध्यक्ष रामबहादुर योगीलाई उक्त एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने