पत्रपत्रिकाबाट | कास्की - KSK


शौचालयमा लडेका सभामुख आईसीयूमा

Posted on May 12, 2018 | views : 308 | कास्की - KSK

वैशाख २९, पोखरा | प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । त

Read More

पोखरामा दश चितुवा मृत भेटिए

Posted on January 30, 2018 | views : 491 | कास्की - KSK

माघ १६, पोखरा । कास्कीमा बैशाखदेखि अहिलेसम्म १० वटा चितुवा मृत फेला परेका छन् ।  जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार कास्कीका विभिन्न ठाउँमा ती चितुवा मृत फेला परेका हुन् ।  मृत फेला परेकामध्ये ७ वटा भाले र ३ वटा पोथी चितुवा रहेका छन् । साउन, भदौ र असोजमा १/१ वटा, पु

Read More

निर्वाचित वडा सदस्य कारागार चलान

Posted on September 01, 2017 | views : 902 | कास्की - KSK

भदौ १६, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् ।  बहुविवाहको मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका उनी फरार सूचीमा थिए । सिग्देल आफैं अदालत उपस्थित भएका हुन् । उनी वैशाखमा भएको स्थानीय निर्वाचनमा वडा सदस्य चुनिएका थिए । तहसिलदार भोलार

Read More

फेवाताल अतिक्रमण: १६ सय ९२ रोपनी ब्यक्तिका नाममा

Posted on August 04, 2017 | views : 406 | कास्की - KSK

साउन २०, काठमाडौँ । फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न ब्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ ।  फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध

Read More

पोखरामा जग्गाको कारोबार चौपट

Posted on July 21, 2017 | views : 1023 | कास्की - KSK

साउन ६, पोखरा । बैङ्क तथा वित्तीय संस्थाले जग्गा खरिद विक्रीका लागि रियल स्टेट कर्जामा कडाई गरेपछि पोखरामा जग्गाको कारोबार घटेको छ ।  राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाई गरेपछि बैंकहरुले रिय स्टेट लगानीमा कडार्य गरेका थिए ।  एकातर्फ रियल स्टेट कर्जा वितरणमा कडाई भाये भने

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7894 | कास्की - KSK

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24638 | कास्की - KSK

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5340 | कास्की - KSK

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

बाजा बजाएर परियारलाई दिए गुरुङले छोरी

Posted on March 14, 2017 | views : 3176 | कास्की - KSK

चैत १, कास्की  । पोखरा सिर्जनाचोककी तारा गुरुङ र चाउथेका किरण परियारका अभिभावकले उनीहरूको प्रेमलाई हार्दिकतापूर्वक स्वीकार गरी धुमधामका साथ विवाह गराइदिएका छन् । तारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्दै छिन् भने किरण ट्राभल एजेन्सी चलाउँछन् । विन्ध्यवासिनी मन्दिरमा हिन्दू परम्पराअनुसार अ

Read More

यौन सम्पर्कका लागि होटल पुर्याइएका कैदी अस्पतालबाट भागे भनियो

Posted on November 29, 2016 | views : 13189 | कास्की - KSK

मङ्सिर १४, पोखरा । उपचार गर्न लगिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागे । केही दिनअघि यस्तै खबर सहरमा फैलियो । तर उनी अस्पतालबाट नभई होटलबाट भागेको पत्ता लागेको छ । स्रोत भन्छ, ‘अस्पतालमा उपचारका लागि नभई उनलाई युवती भेट्ने मौका दिन होटल पुर्याइएको पोखराबाट प्रकाशित समाधान दैनिकका पत

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1354 | कास्की - KSK

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More