२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किन पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआईसँग जोड्दैछ चीन ?

२०८०, ७ असार बिहीबार ०२:५२

असार ७, काठमाडौं | नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ ।

चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सन् २०१४ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्झौता गरेको थियो ।

चीनको बिआरआई परियोजना सन् २०१७ मा सुरु भए पनि पुरानो परियोजनालाई चीनले बिआरआईसँग जोड्न लागेको भन्दै आलोचना भएको छ । नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गर्नुपूर्व नै पोखरा विमानस्थल निर्माण अघि बढेको क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए ।

'नेपालले बिआरआईमा हस्ताक्षर नगर्दै चीनको एक्जिम बैंकको सफ्ट लोनमा विमानस्थल निर्माण थालिएको थियो,' गौतमले भने, 'ऋण लिएर विमानस्थल निर्माण अघि बढेपछि मात्र बिआरआई परियोजनामा सम्झौता भएको हो ।' चिनियाँ अधिकारीले बिआरआई परियोजनासँग जोडेकोमा उनले आश्चर्य व्यक्त गरे । 

'पोखरा विमानस्थलसँग बिआरआईको कुनै साइनो छैन,' उनले भने, 'बिआरआईसँग जोड्दा अन्य मुलुकले यसप्रति हेर्ने दृष्टिकोण फरक हुन सक्छ।' यो समाचार नागरिक दैनिकबाट !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण