२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किन पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआईसँग जोड्दैछ चीन ?

७ असार २०८०, बिहीबार ०२:५२

असार ७, काठमाडौं | नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ ।

चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सन् २०१४ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्झौता गरेको थियो ।

चीनको बिआरआई परियोजना सन् २०१७ मा सुरु भए पनि पुरानो परियोजनालाई चीनले बिआरआईसँग जोड्न लागेको भन्दै आलोचना भएको छ । नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गर्नुपूर्व नै पोखरा विमानस्थल निर्माण अघि बढेको क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए ।

'नेपालले बिआरआईमा हस्ताक्षर नगर्दै चीनको एक्जिम बैंकको सफ्ट लोनमा विमानस्थल निर्माण थालिएको थियो,' गौतमले भने, 'ऋण लिएर विमानस्थल निर्माण अघि बढेपछि मात्र बिआरआई परियोजनामा सम्झौता भएको हो ।' चिनियाँ अधिकारीले बिआरआई परियोजनासँग जोडेकोमा उनले आश्चर्य व्यक्त गरे । 

'पोखरा विमानस्थलसँग बिआरआईको कुनै साइनो छैन,' उनले भने, 'बिआरआईसँग जोड्दा अन्य मुलुकले यसप्रति हेर्ने दृष्टिकोण फरक हुन सक्छ।' यो समाचार नागरिक दैनिकबाट !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य