२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

२०७८, १७ बैशाख शुक्रबार ०१:०६

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विनाकाम महिनौँ यहीँ थन्किनुपर्छ ।”

धेरैले बसको टिकट लिइसकेका, केहीले समूह समूह बनाएर बस या माइक्रो ‘रिजर्भ’ गरेका र कतिपय कलङ्की पुगेपछि केही न केही साधन पाइहाल्छ त्यसैमा जाऊँला भनेर पनि आएका थिए । सवारीको जोहो नगरी आएकाहरु कलङ्कीको बाबा पेट्रोलपम्पको अघिल्तिर उभिएका थिए र जुन बस या सवारी साधन आयो त्यसैतिर झुम्मिन्थे र चढिहाल्थे । कुनैले सकिनसकी भरेर लगेका थिए भने कति सवारीका ‘स्टाफ’ ले टिकट देखाएर मात्र भित्र छिर्न दिइरहेका थिए ।

दाङ घर बताउने मनलाल चौधरीले तीनवटा गाडी चढेर पनि ओर्लिए । ती सवारी ‘रिजर्भ’ रहेछन्, उहाँलाई टिकट मिलेन । अन्तिममा राति साढे ८ बजेको एउटा गाडी भेटियो बुटवलसम्म जाने । त्यसमा पनि सिट त थिएन मुडामा बसेर जान उनी राजी भए ।

यस्तो हत्ते गरेर किन घर जान लाग्नुभयो ? मैले सोधेँ । उन ​को जवाफ थियो, “गत साल मैले धेरै दुःख पाएँ । सरकारले गत वर्षको चैतमा सात दिनका लागि मात्र भनेर लकडाउन गर्यो । हामी घर जाने समय पनि भएन । हामी सर्वसाधारणले त्यही सात दिनमात्र होला भनेरै बुझ्यौँ तर पछि त्यस्तो भएन, लकडान साउनसम्मै पुग्यो । न यहाँ काम गर्न पाइयो, न केही खाने कुरा भयो नत घर फर्किन पाइयो । यसपालि पनि त्यस्तै हुन्छ भनेर आजै घर हिँडेको ।

मजदुरी काम गर्ने उहाँजस्ता धेरैको बुझाई त्यस्तै छ । सरकारले एक हप्ता मात्र भने पनि यो निषेधाज्ञा कति हप्ता जान्छ थाहा छैन भन्छन् धेरैले । उनीहरुको अनुमान छ– यो हप्तौँ, महिनौँसम्म पनि जानसक्छ । त्यसैले आफ्नो गाउँघरमै गयो भने केही काम पाइन सक्छ, नपाइए पनि घरतिरै खेतीको काम गरेर पनि बाँच्न सकिन्छ भन्ने लागेको छ उनीहरुलाई । गाउँ फर्किँदै गरेका धेरैले यही संशय बोकेका छन् ।

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै