२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यती एयर दुर्घटनाको मुख्य कारण चालक परिवर्तन, यस्तो छ प्रतिवेदनमा

४ फाल्गुन २०७९, बिहीबार ०२:५६

फागुन ४, काठमाडौँ । यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ। दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिट (जुन मुख्य कमान्ड दिने ठाउँ हो)मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ।

हवाई विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन् । ‘खतराको सङ्केत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेको’  प्रतिवेदनमा उल्लेख छ। त्यस क्रममा खतिवडाले इन्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा जनाइएको छ । 


प्रतिवेदनअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावन मार्ग वानटूबाट भीएफआर (आँखाले हेरेर हुने) उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ । प्रतिवेदनमा धावन मार्गको पश्चिमतर्फबाट भीएफआर उडान तथा अवतरण गराउनुअघि जहाजको उचाइ र जहाजले अवतरण गर्न सक्ने अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन सरकारलाई सिफारिस गरेको हो ।

जहाज दुर्घटना हुनुपूर्व चालक दलले सुरुमा विमानस्थलको पूर्वतर्फ (थ्रीजिरो)बाट अवतरणको अनुमति मागेको र विमानस्थलको हवाई ट्राफिक कन्ट्रोल (एटीसी)ले अवतरणको लागि धावन मार्ग क्लियर रहेको निर्देशन दिएको थियो तर पछि चालक दलले पहिलो निर्णयलाई बदल्दै धावन मार्गको पश्चिम (वानटू)बाट अवतरणको अनुमति मागेकाले पश्चिमतर्फबाट हुने उडानमा कडिकडाइ गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

आयोगले जहाजका दवबै प्रोपेलर फेदरमा गएको, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा समेत थप अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। आयोगले मानवीय त्रुटि, प्राविधिक कारण र अवतरण गर्ने मार्गमा रहेको त्रुटिलाई समेत ध्यानमा राख्दै ‘स्कोप अफ इन्भेस्टिगेसन’ सूची सार्वजनिक गरेको छ। जहाज दुर्घटनाको मुख्य कारण बेस लेगमा रहेका बेला दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य