२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबारबाट देशैभर युरो–४ को तेल, प्रतिलिटर कति छ मूल्य ?

२० चैत्र २०७३, आईतवार ०२:४२

चैत २०, काठमाडौं । नयाँ सम्झौताअनुसार भारतबाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ सुरु भएको छ । 

सो इन्धन सोमबारबाट बजारमा पठाउने आयल निगमले जनाएको छ । आयल निगमका प्रवक्ता सीताराम पोख्रेलले शनिबार भारतीय आयल कर्पोरेसन (आइओसी) को सबै डिपोमा युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ भएको बताए। उक्त इन्धन निगमको डिपोसम्म आइतबार दिउँसो र साँझसम्म आइपुग्नेछ। ‘त्यसपछि सोमबारदेखि देशैभर युरो–४ मापदण्डको इन्धन पठाउन सुरु हुन्छ,’ उनले भने। हाल युरो–३ मापदण्डको इन्धन प्रयोगमा छ ।

युरो–४ इन्धनमा ५० पिपिएम सल्फर र ३५ प्रतिशत एरोबेटिक्स हुन्छ, जसले प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने निगमले जनाएको छ । हाल खपत भइरहेको युरो–३ मा सल्फर एक सय ५० पिपिएम र एरोबेटिक्स ४५ प्रतिशत हुन्छ ।

आयल निगमका अनुसार आइओसीको डिपोबाट बुधबारदेखि नै युरो–४ मापदण्डको इन्धन आयात सुरु भएको हो। तर, नियमित आएको छैन । ‘बुधबारदेखि युरो–४ को इन्धन आइओसीको केही डिपोले छिटपुट रूपमा दिएका हुन्,’ प्रवक्ता पोखे्र्रलले भने, ‘तर, सम्झौताअनुसार शनिबारदेखि आधिकारिक रूपमा आउन थालेको हो र अब नियमित रूपमा यही गुणस्तरको इन्धन आउँछ।’ एक साताअघि मुम्बईमा भएको इन्धन खरिद सम्झौता नवीकरणमा १ अप्रिलदेखि युरो–४ मापदण्डको इन्धन आयात हुने व्यवस्था थियो ।

आइओसीको बरौनी रिफाइनरीबाट विराटनगर, अमलेखगन्जसम्म इन्धन आउँछ । सिलगुढीबाट निगमको झापामा रहेको डिपोमा इन्धन आउँछ । त्यस्तै, रक्सोलबाट अमलेखगन्जसम्म र त्यहाँबाट काठमाडौं, जनकपुर र मन्थलीसम्म इन्धन ढुवानी हुन्छ । आइओसीको बेतालपुर डिपोबाट भैरहवा र पोखरामा तथा गोन्डा डिपोबाट नेपालगन्ज, सुर्खेत र दाङमा इन्धन पुग्छ । आइओसीको इलाहाबादमा रहेको बन्थारा डिपोबाट धनगढी र दिपायलमा इन्धन ढुवानी हुन्छ। सबै डिपोबाट युरो–४ इन्धन ढुवानी हुने निगमले जनाएको छ ।

युरो–४ मापदण्डको पेट्रोल र डिजेलको मूल्य साबिकको भन्दा प्रतिलिटर ४१ पैसा महँगो परेको निगमका निमित्त नायव प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए। ‘मूल्यमा थोरै मात्रै अन्तर पर्छ,’ उनले भने, ‘त्यसको तुलनामा वातावरणमैत्री र माइलेजका हिसाबले धेरै गुणा फाइदाजनक छ ।’ आयात हुनेमध्ये ७० प्रतिशत इन्धन सवारीसाधनमा खपत हुने भएका कारण माइलेजका लागि फाइदाजनक हुनेछ ।

युरो–४ को फाइदा

युरो–४ इन्धन प्रयोग गर्दा सवारीसाधनबाट निस्कने धुवाँमा विषादीको मात्रा कम हुन्छ । साधनको माइलेज बढ्छ ।

युरो–४ मापदण्डको इन्धन प्रयोग गरिएको सवारीसाधनबाट निस्कने धुवाँमा विषादीको मात्रा कम हुन्छ । सवारीसाधनको माइलेज क्षमता बढ्छ । यो इन्धनले इन्जिनको घर्षणलाई कम गरी इन्जिन बिगार्न दिँदैन र इन्जिनलाई अधिकतम क्षमतामा सञ्चालन गर्न मद्दत गर्छ, जसबाट सवारीसाधनको पावर र पफरमेन्स उत्कृष्ट हुन जान्छ । यसले इन्जिनको भित्री भागलाई सधैँ सफा राख्छ ।

युरो–४ उत्पादन गर्न तुलनात्मक रूपमा बढी प्रशोधन प्रक्रिया सञ्चालन गर्नुपर्छ। त्यसैले मूल्य बढी पर्न जान्छ । अहिले नेपाली बजारमा युरो–४ मापदण्डका धेरै नयाँ सवारीसाधन भित्रिसकेका छन्। विशेषगरी डिजेल इन्जिनयुक्त गाडीलाई धेरै फाइदा पुग्छ ।

युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले धुवाँ कम फाल्ने भएका कारण वातावरण प्रदूषणमा कमी आउँछ। त्यस्तै सवारीसाधनको आयुसमेत बढ्छ। ‘युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले प्रदूषण कम गर्ने, आयु बढी हुने हुन्छ । काठमाडौंजस्तो प्रदूषण बढी भएको सहरका लागि त युरो–४ को तेल नै ठीक हुन्छ,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा