विजय थापा/चैत २०, बाल्टिमोर l प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन सुरु भएको छ l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि सुरु भै भोलि अप्रिल २ सम्म अधिवेसन चल्ने छ l र अधिवेसन अगाडी रक्तदान कार्यक्रम पनि गरिएको छ l

३ वर्ष पछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ l

कार्यक्रमको उद्घाटन पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि ,एमाले संगठन विभाग प्रमुख तथा अधिवेसनका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले पानसमा बत्ती बालि गरेका छन् l

डीसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ l कार्यक्रममा बिशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्रि युवराज कार्की तथा पूर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीको उपस्थिती रहको छ l तथा अन्य विशेष अतिथीहरूको उपस्थिती रहेको छ ।

अधिवेसनको सांस्कृतिक कार्यक्रमको लागि नेपालका चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान भण्डारी समेत नेपाल बाट आएका छन् l

३ दिन सम्म चल्ने कार्यक्रम रहेता पनि मार्च ३१ तारिख साँझ ५ बजे देखि प्रतिनिधिहरुको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम रहेको थियो l आज अप्रिल १ तारिख शनिबार बिहान १० बजे भनिएता पनि कार्यक्रम डेढ़ घन्टा पछि सूरू गरिएको थियो ।

कार्यक्रम तथा अन्य कार्यक्रमहरु दिन भरि चल्ने छ र मन्तब्य राख्ने कार्यक्रम जारी रहेको छ l अप्रिल २ तारिखका दिन नया कार्यकारी समितिको लागि निर्वाचन तथा नेतृत्व चयन हुने छ l र आइतबार १ बजे अधिवेसन समापन हुने छ l

द्वितीय उपाध्यक्ष जीवन जोसीले स्वागत मन्तव्य राखेका थिए भने अतिथीलाई बिल्ला बितरण गरिएको थियो । कार्यक्रम सुरुमा नेपाली राष्ट्रिय गीत तथा अमेरिकन राष्ट्रिय गीत बजाईएको थियो l