भदौ १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम वर्षको आउँदो शनिबार हुने परीक्षा सारिएको छ ।

आइतबारदेखि सुरु भएको स्नातह तह प्रथम वर्षको सबै संकायको भदौ १७ गतेको परीक्षा ३१ गतेका लागि सारिएको हो ।

१७ गते शनिबार बकर इद परेकाले ३१ गतेका लागि सारिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । यसअघि ४ गते परेको परीक्षा बाढी पहिरोको कारण देखाउँदै १७ गते शनिबारका लागि सारिएको थियो ।

जसअनुसार भदौ ४ गते हुने परीक्षालाई १७ गते, ५ गतेकोलाई २४ गते, ६ गतेको परीक्षा २८ गते, ७ गतेको परीक्षा २९ गते र ९ गतेको परीक्षा ३० गतेका लागि सारिएको थियो । तर, ११ गतेदेखिको परीक्षा भने पुरानै तालिकाअनुसार सञ्चालन गरेको छ ।

Related News