भदौ १३, सोल | उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, सोल | उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोल"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान र अमेरिकाद्वारा तत्काल सुरक्षा परिषदको बैठक बोलाउन आग्रह

१३ भाद्र २०७४, मंगलवार १३:४७

भदौ १३, सोल | उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोलाउनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । 

उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानको नै समुन्द्रमा झरेपछि सो आग्रह गरिएको हो । उत्तर कोरियाले गरेको पछिल्लो यो क्षेप्यास्त्र परिक्षणको जापान, अमेरिका, बेलायत, अष्ट्र्ेलिया र दक्षिण कोरियाले निन्दा गरेको छ । 

जापानी प्रधानमन्त्री सिन्जो आबेले यस क्षेप्यास्त्र परिक्षणलाई अनौठो, गम्भीर र खतरनाक चेतावनी भएको बताउनु हुदै संयुक्त राष्ट्र संघको आकस्मिक बैठक बोलाउन आह्वान गर्नु भएको छ । 

जापानको उत्तरी हकाइदो टापूको करिब तीन सय किलोमिटरसम्म उत्तर कोरियाली यो क्षेप्यास्त्र पुगेको थियो । उत्तरी कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सुचना गराउने साइरन बजेको र मानिसहरुलाई भूइतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो । 

सन् २००९ मा उत्तर कोरियाले गरेको रकेट परिक्षण जापानको आकाशमा गएको थियो । प्याङ्गयाङ्गले यसलाइ सेटलाइट परिक्षण गरेको भनेको थियो । वासिङ्गटन, सोल र टोकियोले यसलाई गैरकानूनी एक अन्तरमहादेशिय व्यालेस्टिक परिक्षण भनेको थियो । 

उत्तर कोरियाले गत आठ वर्ष यता लगातार रुपमा गर्दै आएको क्षेस्यास्त्र परीक्षणहरु जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो । प्याङ्गयाङ्गले हालै अमेरिकी मूल भूमिसम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलातापूर्वक परीक्षण गरेको बताउँदै आएको छ । 

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि छोटो दूरीमा हान्न सक्ने तीन वटा क्षेप्यास्त्र परक्षिण गरेको थियो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान