कात्तिक २७, काठमाडौँ | सरकारले मंगलबार (भोलि) देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ ।

सुचना तथा सञ्चार मन्त्रालयले महनागरिपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो ।

गाउँपालिकामा भने आउँदो बैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ । – कारोवार

अब टेलिभिजन हेर्न के गर्ने ?

अब यसको एक मात्र बिकल्प हो डिजिटल टिभी । सरकारले एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएपछी डिजिटल टेलिभिजन जोड्नुपर्ने हुन्छ । जसको लागि नेपालमा डीसहोम, सिमटिभी, स्काई केवल, आइपी टिभी, क्लियर टिभी लगायत छन् ।

डिजिटल टिभी एनालग भन्दा केहि बढी महँगो पर्ने भएपनि राम्रो क्वालिटीको टिभी हेर्न सकिन्छ । त्यस्तै सरकारलाई समेत डिजिटल टिभीले फाइदा दिन्छ, त्यसको कारण हो राजश्व । एनालग टेलिभिजनको कारण राजश्व समेत प्रभावित भएको अवस्थामा अब डिजिटल टिभी अनिवार्य गरिएपछी त्यसमा लाग्ने कर छलीलाई सहजै नियन्त्रण गर्न सकिने सरकारको विश्वास छ ।