2026-10-27 06:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

राहातका लागी पहल गरिदिन ईन्सेकलाई गुहार्दै द्धन्दपिडित

कार्तिक २७, मुगु । नेपाल सरकार शान्ति मन्त्रालयले द्धन्दपिडित हरुलाई उपलब्ध गराउने राहतका लागी स्थानिय शान्ति समितिमा आफुहरुले नाम दर्ता गराएको भएपनि अहिले सम्म कुनै खाले राहत नपाएको भन्दै राहतका लागी सम्बन्धित निकायमा पहल गरिदिन अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक लाई आग्रह गरेका छन । 

तत्कालिन बिद्रोही पक्ष नेकपा माओबादी र राज्य  बाट पिडित भएको भनि स्थानिय शान्ति समितिमा आफनो नाम दर्ता गराएको भएपनि नेपाल सरकार बाट द्धन्दपिडितहरु लाई उपलब्ध गर्ने भनिएको कुनै खाले राहत तथा सेवा सुबिधा नपाएको भन्दै ०७४ कार्तिक २६ गते ईन्सेक मुगु लाई   चार जना द्धन्द पिडितहरुले राहत तथा सेवा सुबिधाको लागी पहल गरिदिन हुन ईन्सेकलाई लिखित रुपमा आग्रह गरेका हुन । 

छाँयानाथ रारा नगरपालिका—९  का ३७ बर्षिय बिजय लाल रोकाया सोहीवडाका ३१ बर्षिय सत्तल सिह रोकाया, ३३ बर्षिय दंग्ल्या रोकाया र ४५ बर्षिय सुकल लाल रोकाया लाई  ०५९ साल पुस २९ गते तत्कालिन बिद्रोही पक्ष नेकपा माओबादीले घर बाटै अपहरण गरी २३ महिना सम्म आफनो कब्जामा लिएका थिए । 

माओबादीले २३ महिना पछी अपहरण मुक्त गरेपछी घर फर्केका पिडित चार जना मध्ये दंग्ल्या रोकाया लाई ०६१ मंसिर ५ गते गाँउ नजिक बसिरहेका बेला रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको कालि दत्त गुल्म बाट गएको नेपाली सेनाले बाँया खुट्टामा गोली हानी घाईते बनाएको र सोही दिन पिडित बिजय लाला, सत्तल सिह र सुकलाला लाई गिरप्तार गरी छ महिना सम्म नजर बन्दमा राखि यातन दिएको थियो ।  

शान्ति पश्चात स्थानिय शान्ति समितिमा चारै जनाले द्धन्द पिडितमा आफनो नाम दर्ता गराए तर हाल सम्म नेपाल सरकार शान्ति मन्त्रालयले स्थानिय शान्ति समिति मार्फत उपलब्ध गराउने राहत नपाएको भन्दै राहतका लागी ईन्सेक लाई पहल गरिदिन आग्रह गरेको पिडित बिजय लाल रोकायाले बताउनुभयो ।

चारै जना दुबै पक्ष बाट पिडित भएको आबश्यक काजपत्र सहित स्थानिय शान्ति समितिमा दर्ता भई शान्ति मन्त्रालयमा नामवलि पठाएको भएपनि उनिहरुको मन्त्रालयबाटै सिफारीस नभएका कारण राहत बाट छुटेको हुन सक्ने स्थानिय शान्ति समिति मुगुका सुब्बा धर्म राज चौलागाइले जानकारी दिएका छन ।

०७४ कार्तिक १० गते नर्बेजियन राजदुताबासका दुई जना प्रतिनधी र ईन्सेक मध्यपशिचम क्षेत्रिय कार्यालयको सयुक्त टोलिले जिल्लमा द्धन्द पिडित हरु संग गरेको अनुगमन तथा छलफल पश्चात राहत तथा सेवा सुबिधाका बारे जानकारी पाएका पिडितले बताउनुभयो । -नन्द बहादुर रोकायाको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने