पढ्न करिब 2 मिनेट लाग्छ

कार्तिक २७, मुगु । नेपाल सरकार शान्ति मन्त्रालयले द्धन्दपिडित हरुलाई उपलब्ध गराउने राहतका लागी स्थानिय शान्ति समितिमा आफुहरुले नाम दर्ता गराएको भएपनि अहिले सम्म कुनै खाले राहत नपाएको भन्दै राहतका लागी सम्बन्धित निकायमा पहल गरिदिन अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक लाई आग्रह गरेका छन ।

तत्कालिन बिद्रोही पक्ष नेकपा माओबादी र राज्य बाट पिडित भएको भनि स्थानिय शान्ति समितिमा आफनो नाम दर्ता गराएको भएपनि नेपाल सरकार बाट द्धन्दपिडितहरु लाई उपलब्ध गर्ने भनिएको कुनै खाले राहत तथा सेवा सुबिधा नपाएको भन्दै ०७४ कार्तिक २६ गते ईन्सेक मुगु लाई चार जना द्धन्द पिडितहरुले राहत तथा सेवा सुबिधाको लागी पहल गरिदिन हुन ईन्सेकलाई लिखित रुपमा आग्रह गरेका हुन ।

छाँयानाथ रारा नगरपालिका—९ का ३७ बर्षिय बिजय लाल रोकाया सोहीवडाका ३१ बर्षिय सत्तल सिह रोकाया, ३३ बर्षिय दंग्ल्या रोकाया र ४५ बर्षिय सुकल लाल रोकाया लाई ०५९ साल पुस २९ गते तत्कालिन बिद्रोही पक्ष नेकपा माओबादीले घर बाटै अपहरण गरी २३ महिना सम्म आफनो कब्जामा लिएका थिए ।

माओबादीले २३ महिना पछी अपहरण मुक्त गरेपछी घर फर्केका पिडित चार जना मध्ये दंग्ल्या रोकाया लाई ०६१ मंसिर ५ गते गाँउ नजिक बसिरहेका बेला रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको कालि दत्त गुल्म बाट गएको नेपाली सेनाले बाँया खुट्टामा गोली हानी घाईते बनाएको र सोही दिन पिडित बिजय लाला, सत्तल सिह र सुकलाला लाई गिरप्तार गरी छ महिना सम्म नजर बन्दमा राखि यातन दिएको थियो ।

शान्ति पश्चात स्थानिय शान्ति समितिमा चारै जनाले द्धन्द पिडितमा आफनो नाम दर्ता गराए तर हाल सम्म नेपाल सरकार शान्ति मन्त्रालयले स्थानिय शान्ति समिति मार्फत उपलब्ध गराउने राहत नपाएको भन्दै राहतका लागी ईन्सेक लाई पहल गरिदिन आग्रह गरेको पिडित बिजय लाल रोकायाले बताउनुभयो ।

चारै जना दुबै पक्ष बाट पिडित भएको आबश्यक काजपत्र सहित स्थानिय शान्ति समितिमा दर्ता भई शान्ति मन्त्रालयमा नामवलि पठाएको भएपनि उनिहरुको मन्त्रालयबाटै सिफारीस नभएका कारण राहत बाट छुटेको हुन सक्ने स्थानिय शान्ति समिति मुगुका सुब्बा धर्म राज चौलागाइले जानकारी दिएका छन ।

०७४ कार्तिक १० गते नर्बेजियन राजदुताबासका दुई जना प्रतिनधी र ईन्सेक मध्यपशिचम क्षेत्रिय कार्यालयको सयुक्त टोलिले जिल्लमा द्धन्द पिडित हरु संग गरेको अनुगमन तथा छलफल पश्चात राहत तथा सेवा सुबिधाका बारे जानकारी पाएका पिडितले बताउनुभयो । -नन्द बहादुर रोकायाको सहयोगमा